विसं २०८१ को दशैँमा हामी प्रवेश गरिसकेका छौँ । प्रवेशमात्रै होइन दशैँ भनेर चिनिएका दिनहरूको आधाआधी समय कटिसकेको छ । असोज १७ गते घटस्थापनाका दिनदेखि सुरु भएको नवरात्रले नै दशैँको उद्घोष गरिसकेको छ । आजको दिनलाई फूलपाती भन्ने गरिएको छ भने भोलिदेखिका तीन दिन महाअष्टमी, महानवमी र विजया दशमीका नामले प्रख्यात छन् । २६ गते विजया दशमीका दिनमा टीकोटालो गरिसकेपछि दशैँ लगभग सकिएजस्तै हुन्छ यद्यपि कात्तिक १ गतेको कोजाग्रत पूर्णिमा पश्चात् भने दशैँलाई पूर्णरूपेण बिदा गरिन्छ । टीका थाप्नका लागि पञ्चांग निर्णायक समितिले शुभसाइत समेत निर्धारण गरिसकेको छ ।
नेपाल पञ्चांग निर्णायक विकास समितिका अनुसार घटस्थापनाका दिनमा आरम्भ गरिएको देवीपूजन र घडाको विसर्जन टीकाका दिनमा बिहान ८.३३ बजे गर्नुपर्दछ । टीका लगाउनका लागि उत्तम साइत भनेर बिहान ११.३६ बजे निर्धारण गरिएको छ । टीका लगाइदिने मान्छे पश्चिम फर्किने र टीकाका लागि निधार थाप्नेहरू पूर्व फर्किने कुरा पनि सो समितिको सूचनामा बताइएको छ । समितिले ग्रह नक्षत्रादिको अवस्थिति हेरेर टीकाका लागि विशेष समय निकाले पनि देवीको प्रसाद ग्रहण गर्न कुनै साइतको आवश्यकता पर्दैन भन्ने पनि छ । कारणवश उक्त समयमा टीका थाप्न वा लगाइदिन नभियाउनेहरूले दिनभर नै जुनसुकै समयलाई उपयोग गर्न सक्दछन् ।
दशैँलाई उल्लासको पर्वका रूपमा मानिन्छ र समयको गति र विकासको फड्कोले केही परिवर्तन ल्याए पनि उल्लासको स्वरूपमा परिमार्जनमात्रै भएको छ, मनाउने प्रचलन भने तोडिएको छैन । केही उपबुज्रुकहरूले दशैँको महत्वका बारेमा नकारात्मक धारणा प्रस्तुत गर्न थालेकाले भने आफ्नो धर्म, संस्कृति, परम्परा र पहिचानमा गर्व गर्नेहरूमा चिन्ता उत्पन्न गराउन थालेको पनि छ ।
यो पर्व धार्मिक महत्वको मात्रै होइन । दशैँ पर्वले सामाजिक, आर्थिक, सांस्कृतिक र पारम्परिक विशेषताहरू बोकेको छ । नेपालीहरूको महान पर्वका रूपमा परिचिति र स्थापित दशैँ विगतमा जुन रूपमा मनाइन्थ्यो, त्यसमा परिवर्तन हुँदै आए पनि अद्यापि बहुजनको मनमनमा बस्न सफल छ । दशैँलाई उल्लासको पर्वका रूपमा मानिन्छ र समयको गति र विकासको फड्कोले केही परिवर्तन ल्याए पनि उल्लासको स्वरूपमा परिमार्जनमात्रै भएको छ, मनाउने प्रचलन भने तोडिएको छैन । केही उपबुज्रुकहरूले दशैँको महत्वका बारेमा नकारात्मक धारणा प्रस्तुत गर्न थालेकाले भने आफ्नो धर्म, संस्कृति, परम्परा र पहिचानमा गर्व गर्नेहरूमा चिन्ता उत्पन्न गराउन थालेको पनि छ । आजको पुस्ता जीवित हुँदासम्म दशैँ मानिन्छ नै, भोलिका पुस्ताले के गर्छन् भन्ने चाहिँ प्रश्न उठ्न थालेको छ ।
नौ दिन देवीको आराधना गरेर शक्ति प्राप्त भएको अनुभूति गराउने पर्व दशैँ हो । आफूभन्दा ठूलाबाट आशीर्वाद थापेर आफू धन्य भएको महसुस गर्ने चाड दशैँ हो । आशीर्वाद दिनेले मनैदेखि दिने र ग्रहण गर्नेले आशीर्वादमा उल्लेख गरिएका कुराहरूको प्राप्तितर्फ आफ्ना जीवनशैलीलाई मोड्ने हो भने आशीर्वादहरू पनि सफल हुन्छन् । टीकाका दिनमा थापेका आशीर्वादलाई विफल गराउने कर्महरूतर्फ प्रवृत्त हुँदै गएमा आशीर्वादले काम गर्दैन भन्ने पनि पुष्टि हुँदै जान्छ । यसअर्थमा दशैँ जीवन जिउने कला सिकाउने पर्वका रूपमा पनि लिन सकिन्छ ।
वर्षौं भेट नभएका आफन्तलाई भेट गराउने उत्सव दशैँ नै हो । नयाँ पुस्ताका केटाकेटीलाई आफन्तसँग परिचय गराउने पर्व पनि दशैँ नै हो ।
बिग्रेका सम्बन्धहरूलाई टीका थापेर वा लगाइदिएर सुधार्ने अवसर दशैँ नै हो । भइरहेका सम्बन्धलाई अझ गाढा बनाउँदै एकआपसमा नजिक्याउने चाड दशैँ नै हो । आफन्तको नदेखेका घरहरू देख्ने समय दशैँले नै दिन्छ । आफन्तमात्रै नभई समाजका ज्येष्ठ नागरिकसँग समेत टीका थाप्ने र आशीर्वाद लिने चलन भएकाले मानिसलाई सामाजिक प्राणी बनाउने चाड दशैँ नै हो । समग्रमा भन्नुपर्दा सकारात्मक असरमात्रै भएको र कुनै खाले नकारात्मक नतिजा नदिने पर्व दशैँ हो ।
विगतमा दशैँमा बाटोघाटो निर्माणमा समाज जुट्ने गर्दथ्यो । आजभोलि बाटो निर्माण सरकारको जिम्मामा पुगेपछि यो क्रम टुटेको छ । टोलटोलमा पिङ हालेर दशैँमा रमाइलो गरिन्थ्यो, जसले गाउँभरिका मान्छे एकैठाउँमा भेला भएर निकटता बढाउने काम हुन्थ्यो । पँधेरा, कुवाहरू सफा गर्न समाज जुट्थ्यो । सरकारले घरघरमा धारा अभियान ल्याएपछि अधिकांश गाउँमा यो कार्य पनि हराएको छ ।
सामाजिकतामा केही कमी आए पनि टोलटोलका पार्टी प्यालेसहरूमा थरिथरिका संघ संगठनले दशैँको शुभकामना आदानप्रदान र चियापान कार्यक्रम आयोजना गर्ने क्रम बढ्दै गएको छ । यसले गर्दा दशैँलाई समाप्त पार्न तम्सिएकाहरूको अहिल्यै कुनै तागत पुग्दैन जस्तो लाग्दछ ।
विकासले मानिसका हातहातमा मोबाइल र घरघरमा ल्यापटप दिएको छ । आजभोलिका युवाहरू समाजमा घुलमिल हुनभन्दा मोबाइलमै वा कम्प्युटरमै झुम्मिन उत्साहित हुने गरेका छन् । समाजका मान्छेहरूसँग चिनजान गर्नभन्दा इलेक्ट्रोनिक माध्यमहरूमा भेटिने मनोरञ्जनका साधनहरूमा रमाउन थालेका छन् । जसले युवाहरूमा डिप्रेसन बढाएको छ । घरका अभिभावकले समान्य गाली गरे सिनेमामा देखाए झैँ आत्महत्या गर्न किशोर किशोरीहरू पछि नपर्ने गरेको तथ्य हाम्रा सामु छ । यस्तो अवस्थालाई चिर्न दशैँ मनाउने हाम्रै पुरानै तरिका अवलम्बन गर्न जरुरी देखिन्छ ।
दशैँमा नयाँ लुगा लगाउने, मीठा खानेकुरा खाने जस्ता परम्पराले देशमा आर्थिक क्रियाकलापलाई समेत वृद्धि गराउँदछ । व्यापारीहरूको व्यापार बढाउँछ । मान्छेहरूका काममा वृद्धि ल्याउँछ । व्यापारिक क्रियाकलापमा संलग्न मजदुरहरूको समेत आयस्ता बढाउने गर्दथ्यो । आजभोलि अलिअलि कमाइ भएकाहरूले दशैँमा मात्र नभई हरेक महिना नयाँ लुगा किन्ने, हप्तैपिच्छे मासु खाने जस्ता प्रचलनहरू बढ्दै गएकाले दशैँमा केही व्यापार घटेको पनि पाइन्छ । यद्यपि बजारका भिडभाड हेर्दा दशैँको रौनक घटेको छैन भन्न सकिन्छ ।
आफ्नो चंगाले अरूकोलाई काट्दाको मजा नै बेग्लै हुन्थ्यो । जसले शरीरलाई चलायमान बनाउँथ्यो, तन्दुरुस्ती प्रदान गर्दथ्यो । आजभोलिका किशोरहरू पनि चंगाचेट प्रतियोगिता खेल्छन् तर आकाशमा उडाएर होइन । मोबाइलमा गेम खेल्छन्, जसले उनीहरूको आँखा बिगारेको छ, मष्तिष्कमा आघात पारिरहेको छ र घरमा एकलकाँटे बनाउँदै लगेको छ ।
दशैँमा दिइने बलिप्रथाको विरोधमा स्वर उराल्नेहरू पनि भेटिन्छन् । बिहान मासुभात र बेलुकी मासु मदिराबिना छाक नटर्नेहरू मिडियामा चर्केको पनि पाइएको छ । मनैदेखि सात्विकहरूले उठाएका कुरा बेग्लै हो । बलि दिने हिन्दुहरूमात्रै होइनन् । अन्य धर्मावलम्बीहरूका विशेष दिनहरूमा समेत बलि दिइन्छ तर उनीहरूका पर्वका विरुद्धमा आवाज कसैले उठाउँदैन । विश्वबाट हिन्दुत्व नाश गर्ने अभियानमा लागेकाहरूका लहैलहैमा लागेर दशैँको विरोध गर्नेहरू नभएका पनि होइनन् । यद्यपि नेपालीहरूले आजका मितिसम्म दशैँ पर्वलाई जोगाएका छन् र यसलाई निरन्तरता दिन आजका किशोरहरूले पनि सिक्नैपर्दछ ।
हामी केटाकेटी हुँदा चंगा उडाइन्थ्यो । चंगा उडाउनका लागि बजारबाट धागो किनेर ल्याई त्यसमा माझा लगाइन्थ्यो । अरूको चंगाले आफ्नो चंगालाई नकाटोस् भनेर धागो धारिलो बनाउन पुराना सिसीहरू फुटाई धुलो बनाएर पिठोमा पकाई धागोमा दलिन्थ्यो । आफ्नो चंगाले अरूकोलाई काट्दाको मजा नै बेग्लै हुन्थ्यो । जसले शरीरलाई चलायमान बनाउँथ्यो, तन्दुरुस्ती प्रदान गर्दथ्यो । आजभोलिका किशोरहरू पनि चंगाचेट प्रतियोगिता खेल्छन् तर आकाशमा उडाएर होइन । मोबाइलमा गेम खेल्छन्, जसले उनीहरूको आँखा बिगारेको छ, मष्तिष्कमा आघात पारिरहेको छ र घरमा एकलकाँटे बनाउँदै लगेको छ । समाजमा प्रस्तुत हुने र समूहमा कुरा गर्ने वाक्शिल्पी हराउँदै गएको छ ।
दक्षिणा जोगाउने लोभमा सातपुस्ता पारिको कोही दिवंगत हुँदा यसपालि हाम्रो घरमा दशैँ छैन भन्दै टीका नलगाउनेहरू पनि देखिन थालेका छन् । तिनै मान्छेहरूले नातिनातिनाहरूको बर्थ डे भन्दै मासु पुलाउ खाएको भने देखिन्छ । तीजमा दिदीबहिनी बोलाएर नाचगान गरेको पनि पाइन्छ, अनि जुठो परेको भनेर आफन्त जम्मा हुनेखालका वर्षभरिका पर्वहरूलाई विश्राम दिने गरेका पनि छन् । बिहेभोजमा गएर मासुभात दन्काउनेहरूले यसपालि हाम्रा घरमा टीका छैन भनेको कत्ति सुहाउँदैन र त्यस्तालाई समाजले के भन्छ भन्ने पनि उनीहरू आफंैले सोच्ने हो ।
समाजमा अनेक खालका मान्छे र विविध विचारहरू हुन्छन् नै । गर्न हुने के हो र गर्नुपर्ने के हो भन्ने विचार मानिसले गर्न सक्नुपर्दछ नै । हाम्रा चाडपर्वले हामीलाई विविध किसिमले धनी बनाएका हुन्छन् । पुर्खाले मान्दै आएका पर्व, परम्पराले हामीलाई बेग्लै परिचयका साथ स्थापित गरिरहेका हुन्छन् । जब हामीले आफ्नो धर्म परम्परा त्याग गर्दछौं, तब आफ्नो भन्ने केही बाँकी रहँदैन । दशैँ हाम्रो महान पर्व हो, त्यसै अनुरूप नै मनाऔं । यत्ति हो कि अरूको फुर्मासी खर्च देखेर अनावश्यक ऋण चाहिँ नबोकौँ । विजया दशमी २०८१ का शुभअवसरमा समस्त नेपाली दाजुभाइ दिदीबहिनीहरूमा सुस्वास्थ्य, दीर्घायू एवं उत्तरोत्तर प्रगतिको कामना !!
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच