२२ औं ईमेज अवार्ड सम्पन्न, उत्कृष्ट वर्ष गीतकारको अवार्ड रमेशलाई

Read Time = 2 mins

काठमाडौं । २२औं टुबोर्ग ईमेज एफएम म्युजिक सम्पन्न भएको छ । नेपाली गीतसंगीतको उत्थानका लागि समर्पित संगीतकर्मीको सम्मान एवं प्रोत्साहन गर्ने उद्देश्यले काठमाडौंमा सोमबार २२औं ईमेज एफएम म्युजिक सम्पन्न भएको हो ।

जम्मा १५ विधामा अवार्ड प्रदान गरिएको कार्यक्रममा मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई दीर्घसाधना सम्मान प्रदान गरिएको छ । त्यस्तै, पुस्ताको सफल गीतकार रमेश दाहालले यसपटक उत्कृष्ट वर्ष गीतको अवार्ड प्राप्त गर्नुभएको छ । गत भदौ ११ गते उत्कृष्ट पाँचको नोमिनेसन प्रकाशित अवार्डमा विसं २०७६ असार १ देखि २०७९ साल जेठ मसान्तभित्र सार्वजनिक गीतहरू संलग्न थिए ।

पुरस्कृत गीत ‘आफँै हिँड्ने भीरको बाटो’मा सन्तोष श्रेष्ठको संगीत र कर्ण दासको स्वर छ । रमेशको गीत गीति चेतनाले गहन, नवीन, बिम्ब र प्रतिकको राम्रो प्रयोग गरिएको गीत हो । उच्चस्तरको गीतकारिताका कारणले यो गीत उत्कृष्ट सावित भएको हो ।

सामारोहमा कर्मग्याल्जेन बम्जन, प्रवीन भेट्वाल, समीक्षा अधिकारी, अञ्जु पन्त, मिलन नेवार, बानिका प्रधान, स्वरूपराज आचार्य र लक्ष्मी मल्ल, शान्तिश्री परियार, भीमसेन कल्यान ठकुरी, धर्मेन्द्र सेवा, मि.युनिक पोयट, सुजन चापागाईं, विद्या तिवारी, पदम पौडेल, बिनयराज पौडेललगायतले अवार्ड प्राप्त गर्नुभएको थियो । नेपाली गीतसंगीतको विकासमा ईमेज एफएम लामो समयदेखि क्रियाशीलता छ । अवार्ड समाराहोमा गीतसंगीत क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?