भैरहवाबाट नेपाल एयरलाइन्सले दिल्ली र मलेसिया उडान गर्ने

Read Time = 3 mins

काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले भैरहवाबाट भारतको नयाँदिल्ली र मलेसियाको क्वालालम्पुरमा सिधा उडान गर्ने भएको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट निगमले आगामी जेठ दोस्रो सातादेखि दुवै गन्तव्यमा नियमित उडानको तयारी गरेको हो ।

निगमका प्रवक्ता रमेश पौडेलका अनुसार भैरहवाबाट नयाँदिल्ली र क्वालालम्पुर सिधा उडानका लागि दुवै मुलुकसँग उडान अनुमतिको आवश्यक प्रक्रिया अघि बढाइएको छ । जनशक्ति व्यवस्थापन, प्राविधिक तयारी, बजारीकरणलगायत कार्यलाई तीव्रता दिई कार्य प्रारम्भ गरिएको उहाँको भनाइ छ । दुवै गन्तव्यमा सातामा कम्तीमा एक उडान हुने गरी प्रक्रिया अघि बढाइएको र बजार मागअनुसार उडान बढाउँदै लगिने प्रवक्ता पौडेलले बताउनुभएको छ ।

पौडेलका अनुसार भैरहवाबाट उडानका लागि निगमका वाणिज्य विभागका उपनिर्देशक सन्तोष पाण्डेको नेतृत्वमा स्पेसल टास्कफोर्स गठन गरिएको छ । निगमले हाल दुवै गन्तव्यमा काठमाडौंबाट भने नियमित उडान गरिरहेको छ । विश्वप्रसिद्ध गौतमबुद्धको जन्मस्थल लुम्बिनीलाई जोड्ने गरी निगमको उडान सेवा सुरु भएपछि लुम्बिनी भ्रमणमा आउने बौद्धमार्गी यात्रु थप आकर्षित गर्न विशेष प्याकेजको व्यवस्था गरिने पनि निगमले जनाएको छ ।

२०७९ जेठ २ गतेदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल व्यावसायिकरूपमा सञ्चालनमा आएको होे । उक्त विमानस्थलबाट बौद्ध धर्मावलम्बीको बाहुल्यता भएका मुलुक श्रीलंका, म्यानमार, थाइल्याण्ड, कम्बोडिया, भियतनाम, लाओसलगायतमा हवाई सञ्जाल विस्तार गरी ती मुलुकबाट बढीभन्दा बढी पर्यटक आकर्षित हुने अपेक्षा गरिएको थियो । हाल अन्तर्राष्ट्रियतर्फ कुवेतको जजिरा एयरले उडान भरिरहेको छ भने हिमालय एयरलायन्सले अघिल्लो वर्ष केही समय चार्टर्ड उडान गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?

JUST IN
बाढीमा ज्यान गुमाएकाको सम्झनामा पशुपतिनाथ क्षेत्रमा दीप प्रज्वलन रसुवा बाढीमा १,३५६ जनाको मृत्यु, अझै ४,९९४ जना सम्पर्कविहीन एनपिएलको टिकट बिक्री अधिकार इसेवालाई, ८५ लाखमा सम्झौता नेपाल हुलाकलाई एपीपीयूको ‘इनोभेसन अवार्ड’ बकैयामा ३५ वर्षीय पुरुष मृत फेला, परिवारका सदस्यसहित पाँच जना नियन्त्रणमा  बाढीपीडितको अपमानजनक भिडियो बनाउने युवा पक्राउ ५० हजार रुपैयाँ घुस मागेको आरोपमा नापी कार्यालय कलंकीका दुई कर्मचारीविरुद्ध मुद्दा मुस्ताङमा आजदेखि सबै प्रजातिका स्याउ टिप्न खुला सिर्सिया खोला प्रदूषण रोक्न उद्योगीलाई मन्त्रीको एक साताको अल्टिमेटम ७ हजार ५०० एमएएच ब्याट्रीसहित ‘अनर एक्स७ई’ नेपाली बजारमा