गुल्मी। गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद शर्माले निर्धक्क भएर चाडपर्व मनाउन आग्रह गर्नुभएको छ । नेपालीहरुको महान पर्वहरु वडादशै, शुभ दिपावली, नेपाल संवत तथा छठ पर्वको अवसरमा शुभकामना सन्देश जारी गर्नुहुँदै उहाँले गुल्मीवासी सम्पूर्णलाई निर्धक्क भएर खुशी र हर्षोल्लासका साथ चाडपर्व मनाउन आग्रह गर्नुभएको हो ।
जिल्लामा चाडपर्वलाई सुरक्षित र मर्यादित रुपमा मनाउन स्थानीय प्रशासनले भरपर्दो सुरक्षा व्यवस्था मिलाएको भन्दै प्रमुख जिल्ला अधिकारी शर्माले समाजमा शान्ति सुरक्षाका साथै सामाजिक सद्भाव कायम गर्न प्रशासन कार्यालय निरन्तर लागेको बताउनुभयो ।
चाडपर्वमा समाजमा शान्ति, सुरक्षा तथा सद्भाव कायम गर्नका लागि सबैको सकरात्मक सहयोगसँगै समन्वयकारी भूमिकाको अपेक्षा राखिएको उहाँको भनाइ छ ।
त्यस्तै, शान्ति सुरक्षा, यातायात व्यवस्थापन, बजार व्यवस्थापन लगायत जिल्लाभित्र विभिन्न असहज अवस्था सिर्जना भई गुनासो गर्नुपर्ने अवस्था आएमा तत्काल प्रमुख जिल्ला अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी, प्रहरी उपरीक्षक र प्रहरी नायब उपरीक्षकलाई सम्पर्क गर्न गुल्मी जिल्ला प्रशासनले आग्रह गरेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच