
काठमाडौं ।नेपाली महिलातर्फ सानो उमेरमा पहिलो पटक ८००० मिटर माथिका सबै १४ हिमाल आरोहण गरेकी दावा याङजुम र पर्वतारोहणको क्षेत्रमा दुर्लभ कीर्तिमान बनाएका निमा रिन्जी शेर्पालाई त्रिभुवन विमानस्थलमा भव्य स्वागत गरिएको छ ।
१८ वर्षको उमेरमा विश्वमा रहेका ८ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल आरोहण गरेर रिन्जीले कीर्तिमान बनाउनु भएको हो।
तिब्बतको हिमाल आरोहण पछि काठमाडौँ फर्किनुभएका उहाँलाई विमानस्थलमा भव्य स्वागत गरिएको थियो । उहाँले सन् २०२२ को सेप्टेम्बरमा ८ हजार १६३ मिटर अग्लो मनासलु हिमालको आरोहण गरेर विश्व कीर्तिमान बनाउने आफ्नो यात्रा थाल्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच