
ताप्लेजुङ । ताप्लेजुङको सिरिजंगा गाउँपालिका-७ खेवाङमा आयोजना गर्न लागिएको खेवाङ गोल्डकपको खेल तालिका सार्वजनिक गरिएको छ । आयोजक खेवाङ स्पोर्टिङ क्लबले आउँदो कात्तिक १० गतेदेखि आयोजना हुने खेवाङ गोल्डकप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको हो ।
आयोजक क्लबका अध्यक्ष विनम माबोका अनुसार प्रतियोगिताको पहिलो दिन अर्थात् कात्तिक १० गते समूह ‘ए’ अन्तर्गत कोशी प्रदेश प्रहरी टोली विराटनगर र आयोजक खेवाङ स्पोर्टिङ क्लबबीच उद्घाटन खेल हुनेछ । यस्तै कात्तिक ११ गते हुने दोस्रो खेल समूह ‘बी’अन्तर्गत तेल्लोक स्पोर्टिङ क्लब र लालीगुराँस स्पोर्टिङ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
कात्तिक ११ गते नै अर्को खेल समूह ‘ए’ मा रहेको पाँचथरको कुम्मायक गाउँपालिका टोली र नैना कम्पनी प्रालि खेवाङबीच हुनेछ । कात्तिक १२ गते रेडस्टार क्लब झापा र पेदाङ स्पोर्टिङ क्लबबीच समूह चरणको अन्तिम खेल हुने आयोजकले जनाएको छ । सोही दिन पहिलो सेमिफाइनल खेल हुनेसमेत आयोजकले जनाएको छ ।
कात्तिक १३ गते दोस्रो सेमिफाइनल खेल हुने र सोही दिन मैत्रीपूर्ण खेलसमेत खेलाइने आयोजकले जानकारी दिएको छ । प्रतियोगिताको फाइनल खेल भने कात्तिक १५ गते हुने गरी आयोजकले खेल तालिका सार्वजनिक गरेको छ । प्रतियोगितामा आठ टोलीको सहभागिता रहने भएको छ ।
प्रतियोगिताको विजेताले एक लाख ५१ हजार १११ रुपैयाँ पुरस्कारसहित ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै उपविजेताले एक लाख ११ हजार १११ रुपैयाँसहित ट्रफी, पदक र प्रमाणपत्र पाउनेछ । यसपटक खेवाङ गोल्डकपको सातौँ संस्करण आयोजना गर्न लागिएको क्लबका अध्यक्ष माबोले जानकारी दिनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच