
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) फ्रेन्चाइज पोखरा एभेन्जर्सले अमेरिकाका विकेटकिपर तथा ब्याटर आन्द्रेस गौसलाई अनुबन्ध गरेको छ । उहाँ एनपिएलमा आबद्ध हुने पहिलो विदेशी खेलाडी बन्नुभएको छ ।
एनपिएल १५ मंसिरबाट ६ पुससम्म हुँदैछ । त्यसका लागि पोखराले ३० वर्षीय खेलाडी अनुबन्ध गरेको जनाएको छ । दायाँ हाते ब्याटरले उमेर समूहमा दक्षिण अफ्रिकाका लागि खेल्नुभएको थियो ।
उहाँले अमेरिकाबाट २० अन्तर्राष्ट्रिय खेलमा ५९८ रन बनाउनुभएको छ । अमेरिकाबाट तीन एकदिवसीय खेल्दा १५२ रन बनाउनुभएको छ । सन् २०२४ मा क्यानडाविरुद्ध डेब्यु गर्दै अमेरिकाको प्रतिनिधित्व गर्नुभएको थियो ।
पोखरा एभेन्जर्सका मालिक सुबोध त्रिपाठीले गौसलाई उच्च प्रदर्शनका लागि शुभकामना दिनुभएको छ । यसअघि टोलीले इण्डियन प्रिमियर लिग (आइपिएल)मा चेन्नई सुपर किङ्सको प्रतिनिधित्व गरिसक्नुभएका राजीव कुमारलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको थियो । उहाँ चेन्नईका ब्याटिङ र फिल्डिङ प्रशिक्षक हुनुहुन्छ । पोखराको मार्कीमा नेपाल राष्ट्रिय क्रिकेट टोलीका ओपनर कुशल भुर्तेल हुनुहुन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच