काठमाडौं । नेपालीहरूको महान् पर्व बडादशैँ र तिहारको चाडको उमंग समेटिएको नयाँ म्युजिक भिडियो सार्वजनिक गरिएको छ । जसमा गायक विनोद ढकालको स्वर, संगीत, र शब्द छ । राजु भट्टको निर्देशनमा तयार गरिएको यो भिडियोले काठमाडौंका व्यस्त गल्लीहरूदेखि चित्लाङका शान्त सुन्दर दृश्यसम्मको यात्रालाई कैद गरेको छ ।
भिडियोले पारिवारिक पुनर्मिलन र चाडपर्वको उत्सवलाई सम्झाउने क्षणहरू प्रस्तुत गर्दछ । भिडियोमा मोडलहरू निर्जन थापा, सुशान्त आर टी, सुशीला उप्रेती (बोजु), आश्विनि कोइराला, ईश्वर बल्लभ उप्रेति, प्रतिशा उप्रेति कटुवाललगायतले चाडपर्वको बेला यात्रा गर्दा देखिने खुशीका पललाई जीवित बनाउनुभएको छ ।
ती जीवन्त क्षणलाई छायांकार रणधीर श्रेष्ठले क्यामेरामा कैद गनुभएको छ भने सम्पादनको कार्य टेकेन्द्र शाहले गर्नुभएको छ । गीतको भिडियो विनोद ढकालको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच