दिगो विकासका लागि गठबन्धन आवश्यक : पन्थी

नेपाली कांग्रेस गुल्मीका सभापति खिलध्वज पन्थीले युवासंगको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै ।

हिमालय टाइम्स
Read Time = 3 mins

-रमेश विश्वकर्मा

गुल्मी । नेपाली कांग्रेस गुल्मीका सभापति खिलध्वज पन्थीले देशमा दिगो विकास गर्नका लागि गठबन्धन आवश्यकता भएको बताउनुभएको छ । संविधानको रक्षा र व्यवस्थाको रक्षासंगै देशमा दिगो विकास गर्नका लागि गठबन्धन भएको बताउनुभएको हो ।

वीपी स्मृति भवन तम्घासमा भएको युवासंगको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै गठबन्धनका निर्वाचन परिचालन संयन्त्रका जिल्ला संयोजक समेत रहनुभएका पन्थीले यो चुनावमा गुल्मी जिल्लामा गठबन्धनका उम्मेदवारलाई विजयी बनाउन युवाहरूको महत्त्वपूर्ण भुमिका रहेको बताउनुभयो ।

‘युवाहरू सबै एकताबद्ध भएर लाग्नुस् । गठबन्धनका सबै उम्मेदवारलाई बिजयी बनाउनुस् ।’ उहाँले भन्नुभयो, ‘गठबन्धनका सबै उम्मेदवार विजयी भएमा मात्र गुल्मी जिल्लालाई रुपान्तरण गर्न सकिन्छ । विकास निर्माणमा जिल्लालाई अब्बल बनाउन सक्छौं ।’

लामो समय एउटै व्यक्तिले नेतृत्व गर्दा जिल्ला विकास निर्माणमा पछाडि परेको उहाँले बताउनुभयो । विगतको नेतृत्वले जनताको पक्षमा काम नगरेको उहाँले आरोप लगाउनुभयो । प्रत्येक नागरिकको घर–घरमा युवाहरुलाई पुगेर गठबन्धनको पक्षमा मत माग्न उहाँले आग्रह गर्नुभयो ।

‘गठबन्धनका उम्मेदवारहरुले विकास निर्माणका विभिन्न क्षेत्रहरु बुझ्नुभएको छ ।’ उहाँले भन्नुभयो, ‘नागरिकको सहजताका लागि हरेक क्षेत्रमा काम गर्नुहुन्छ । नागरिकलाई सुशासनको प्रत्याभूति दिलाउनु हुनेछ ।’

युवाहरूलाई उद्यमी र रोजगारी बनाउन पनि गठबन्धनका उम्मेदवार अब्बल रहेको सभापति पन्थीले बताउनुभयो । कुनै अलमलमा नपरी गठबन्धनलाई मतदान गर्न उहाँले आग्रह गर्नुभयो ।

गुल्मीलाई समुन्नति जिल्लाको रुपमा रुपान्तरण गर्न गठबन्धनका उम्मेदवार अब्बल हुनुहुन्छ । सबै युवाहरु उत्साह भएर लाग्नुस् । सधै युवा साथीहरु र आम गुल्मेली जनताको पक्षमा गठबन्धनका उम्मेदवारले काम गर्ने उहाँले बताउनुभयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?