हिटाकर्मी विश्वकर्मा सम्मानित

हिमालय टाइम्स
Read Time = 4 mins

कालीकोट । राष्ट्रिय दलित पत्रकार संघ नेपाल जिल्ला शाखा कालीकोटका सचिव तथा हिमालय टाइम्समा कार्यरत पत्रकार मानबहादुर विश्वकर्मा सम्मानित हुनुभएको छ ।

“सामाजिक सांस्कृतिक तथा भाषिक विकासमा दलितहरुको सान, मानव मर्यादा, अस्थित्व रक्षा र आत्म सम्मानका लागि प्रथम जिल्ला दलित सम्मेलन” भन्ने मूल नाराका साथ कालीकोटको सदरमुकाम मान्ममा सोमबार सुरु भएको प्रथम जिल्ला सम्मेलनले पत्रकार विश्वकर्मा सम्मान गरेको हो ।

सञ्चार माध्यममा दलित समुदायका सवाललाई प्रकाशन तथा प्रशारणमा महत्त्वपूर्ण भूमिका खेलेको भन्दै प्रथम जिल्ला सम्मेलनले पत्रकार विश्वकर्मा र नागरिककर्मी ललित बिष्टलाई सम्मान गरेको बताइएको छ ।

कालीकोटमा रहेको सामुदायिक रेडियो साझा आवाजका स्टेशन म्यानेजर, ज्वाला प्रेस डटकमका अध्यक्ष तथा हिमालय टाइम्स राष्ट्रिय दैनिकमा कार्यरत विश्वकर्मालाई कार्यक्रमका प्रमुख अतिथि एवं कर्णाली प्रदेश सभाका सदस्य माननीय रनसिंह परिवारले सम्मान पत्र हस्तान्तरण गर्दै विश्वकर्मालाई सम्मान गर्नुभएको हो ।

विश्वकर्मालाई सम्मान पत्र प्रदान गर्दै कार्यक्रमका प्रमुख अतिथि माननीय रनसिंह परिवारले दलितहरुको समस्या, संस्कार संस्कृती र परम्परासँग जोडिएकाले पहिला राजनीतिक समस्या समाधान गर्नु पर्ने बताउनुभयो ।

नेपाली समाज परिवर्तनको दिशामा अगाडी बढिरहको बताउँदै उहाँले, नयाँ संविधानको निर्माण भइरहेकोले सबै किसिमका विभेदको अन्त्य हुने पनि दावी गर्नुभएको छ । माननीय परिवारले सञ्चारमाध्यम, नागरिक समाज र कर्मचारी प्रसाशनले परिवर्तनका लागि अझ प्रभावकारी भूमिका खेल्नुपर्ने बताउनुभएको छ ।

उहाँले जातीय विभेदका विभिन्न घटनाहरु भइरहेको अवस्थामा जातीय भेदभाव तथा छुवाछूत कसुर सजाय ऐन २०६८ को अझै प्रचारप्रसार गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रमका विशेष अतिथि दिनेश चदाँराले सरकारी तथा निजी सञ्चार माध्यममहरु दलितको मुद्दा तथा भौतिक प्रतिनिधित्वको हिसावले समावेशी नभएको भएको बताउनुभयो ।

त्यस्तै कार्यक्रमका विशेष अतिथि समेत रहनुभएका जिल्ला समन्वय समिति कालीकोटका उपप्रमुख मिना रावत (विक) ले जातीय भेदभावलाई राष्ट्रिय एजेण्डाका रुपमा उठाउन आवस्यक रहेको बताउँदै पत्रकारले राजनीतिक दलको आवरणमा मात्र रहेर काम गर्न नहुने बताउनुभयो ।

कार्यक्रमका अर्का विशेष अतिथि कालीकोटका प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले जातीय विभेदका मुद्दामा दलितमात्र नभई गैरदलितले पनि कमल चलाउनुपर्ने र सामाजिक न्यायको पक्षमा नेपाली सञ्चार माध्यमहरु सशक्त रुपमा लाग्नु पर्ने आवश्यकता ओैंल्याउनुभयो ।

कार्यक्रममा कालीकोटका नोै वटै स्थानीय तहका दलित समुदायका अगुवा, दलित अधिकारकर्मी, जिल्ला स्थित विभिन्न सामाजिक संघसंस्थामा कार्यरत कर्मचारी दलित अभियान्ता लगायत करीब १ सय ५० दलित समुदायको सहभागीता रहेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?