‘मिस स्टार युनिभर्स २०२३’ को उपाधि सृष्टिलाई

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । ‘मिस स्टार युनिभर्स २०२३’ को शीर्ष उपाधि सृष्टि महर्जनले चुम्नुभएको छ । दुबईमा आयोजित अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस स्टार युनिभर्स २०२३’मा १९ देशका प्रतिस्पर्धीलाई पछि पार्दै उहाँले उक्त उपाधि चुम्न सफल हुनुभएको हो । २२ वर्षीया महर्जनले प्रतियोगितामा शीर्षसहित ‘मिस गर्जियस’ र ‘मिस प्राइड अफ स्टार युनिभर्स’को सवटाइटसमेत आफ्नो पोल्टामा पार्न सफल हुनुभयो ।

‘इण्डो इन्टरनेशनल फेसन कार्निभल एण्ड अवार्ड २०२३’ अन्तर्गत आयोजित ‘मिस स्टार युनिभर्स २०२३’मा उहाँलाई ग्रीनआर्ट मिडियाले ‘मिस स्टार युनिभर्स नेपाल २०२३’ ताजसहित पठाएको थियो । कार्यक्रममा ‘मिसेस स्टार युनिभर्स २०२३’तर्फ नेपाली जोया बुढाथोकी सहभागी हुनुभएको थियो ।

उहाँले प्रतियोगितामा ‘मिसेन ब्युटिफुल बडी’को उपाधि हात पार्नुभयो । कार्यक्रममा अवार्डतर्फ सहभागी फेसन मेकअप आर्टिस रश्मि श्रेष्ठ र व्यवसायी परिन्दा श्रेष्ठ ‘परी’ले आ-आफ्नो विधामा अवार्ड हात पार्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?