विना अनुमति संचालित विद्यालयलाई अखिल (क्रान्तिकारी)को अल्टिमेटम

प्रकाश न्यौपाने नवलपरासी, संवाददाता
Read Time = 2 mins

नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाटमा अनुमती विना संचालित विद्यालयमा मोहन बैद्य "किरण" नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी, नेपाल निकट बिद्यार्थी संगठन अखिल (क्रान्तिकारी) नवलपरासीले अल्टिमेटम दिएको छ ।

संगठनले बैधानिक संर्घषलाई जोड दिदैं विना अनुमति संचालन भएका शैक्षिक संस्था बिरुद्ध धावा बोल्न शुरु गरेको हो ।

सो अभियानको क्रममा बर्दघाट-१६ मा रहेको नीजि बिद्यालय ओसिस मोडेल एकेडमीले कक्षा ८ सम्म अनुमति लिएर कक्षा १० सम्म कक्षा संचालन गरेको पाएपछि क्रान्तिकारीले उक्त बिद्यालयलाई ७२ घण्टे अल्टीमेटम दिएको छ ।

बिद्यार्थीहरुको भबिष्य माथि खेलबाड गर्दै बिद्यालयले विना दर्ता कक्षा संचालन गरेकोले संगठन ७२ घण्टे अल्टिमेटमसहित संर्घषमा उत्रिन बाध्य भएको क्रान्तिकारीका केन्द्रीय सदस्य तथा जिल्ला संयोजक सन्देश सापकोटाले जानकारी दिनुभयो ।

अल्टिमेटमको समय सम्म बिद्यालयलाई म्याद दिइएको र उक्त अवधि भित्र गल्ती नसच्याए थप संर्घषमा उत्रिने उहाँको भनाई छ ।
यस वडाका वडाध्यक्ष भिमकाजी गुरुङ्ग बर्दघाट नगरपालिकाको सामाजिक विकास समितिका संयोजक समेत हुनुहुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?