‘जरा हटके जरा बच के’ मा बिक्की र साराको जोडी जम्दा कमाइ राम्रो

Read Time = 1 min

मुम्बई । जरा हटके जरा बचके’ ले पहिलो शोबाट नै दर्शकको राम्रो प्रतिक्रिया पाइरहेको छ ।

फिल्ममा पहिलो पटक विक्की र सारा अली खानको जोडी अनस्क्रिनमा देखिएका छन् र उनीहरूको केमेस्ट्रीलाई दर्शकले निकै रुचाएका छन् । योसँगै फिल्मले हलमा निकै चर्चा पाइरहेको छ ।

कमाईको कुरा गर्ने हो भने साताका दिनमा ‘जरा हटके जरा बचके’ को कलेक्शनमा कमी आएको थियो तर यो साताको अन्त्यमा फिल्मको कमाई फेरि उकालो लागेको छ ।

शनिबार फिल्मको कलेक्सन बढेर ५.७६ करोडको व्यापार गरेको थियो । योसँगै ‘जरा हटके जरा बचके’ रिलिजको १० औं दिनको प्रारम्भिक तथ्यांक पनि बाहिर आएको छ ।

अर्ली ट्रेंडको प्रारम्भिक ट्रेन्ड रिपोर्ट अनुसार, ‘जरा हटके जरा बचके’ ले रिलिजको दशौं दिन अर्थात आइतबार ६.७५ करोडको ग्रान्ड कलेक्सन गरेको छ । योसँगै फिल्मको कुल कमाई ५३.२८ करोड पुगेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?