कांग्रेसको बन्दसूचीमा निधि, आरजु र गृहमन्त्री पत्नी मन्जुसम्मको नाम समावेश, अरु को–को ?

Read Time = 3 mins

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले आफ्नो समानुपातिक उम्मेदवारको बन्दसूची सार्वजनिक गरेको छ।

कांग्रेसले आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन अन्तर्गत प्रतिनिधिसभा को बन्दसूची सार्वजनिक गरेको हो ।
बन्दसूचीको १ नम्बरमा विमलेन्द्र निधिको नाम छ भने भने २ मा फर्मला मन्सुर त्यस्तै ३ नम्बरमा जीवन परियारको नाम छ । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजु राणादेखि गृहमन्त्री बालकृष्ण खाँण पत्नी मन्जु खाँणसम्मको नाम समाविष्ट गरेको बन्दसूचीमा संस्थापन इतर समूहबाट १३ जना मात्र परेका छन् ।

इतर पक्षबाट डा चन्द्रमोहन यादव, प्रतिमा गौतम, लीला बोखिम, टेकप्रसाद गुरुङ, केशरमान रोका, केदारनरसिंह केसी, हस्तबहादुर मल्ल, मैना रावल कार्की, उमा दाहाल, किरण कोइराला, मुख्तबहादुर महतो, नागिना यादव र मुख्ता यादवको नाम बन्दसूचीमा परेको छ ।

उक्त बन्दसूची सार्वजनिक भएसँगै इतर समूह असन्तुष्ट बनेको छ । आफूहरुको तर्फबाट न्यून संख्यामा मात्र समानुपातिक उम्मेदवार परेको भन्दै कोइराला समूहले सच्चाउन दबाब दिएको छ।

उसले प्रत्यक्षको सिट बाँडफाँट र टिकट वितरणमा न्यायोचित हुन नसके विद्रोह गर्ने चेतावनी समेत दिएको छ ।

 

कांग्रेसको समानुपातिकको बन्दसूची

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?