मकासको मेकानिक्स मिट

Read Time = 2 mins

काठमाडौंं । सवारीसाधनमा प्रयोग हुने क्लच र सोसँग सम्बन्धित पार्ट्स उत्पादक मकास अटोमोटिभले शनिबार मेकानिक्स मिट आयोजना गरेको छ । मकास अटोमोटिभका जनरल म्यानेजर प्रमोद कुमारले कम्पनीका उत्पादन र विशेषताबारेमा जानकारी गराउनुभयो । क्लचदेखि ब्रेक लाइनिङ र फ्लाई हिृवलदेखि बटनसम्म सबै रेन्ज उपलब्ध गराउने कम्पनी भएकाले सबैका लागि कम्पनी विश्वसनीय रहेको उहाँको दाबी छ ।

कम्पनीका मार्केटिङ म्यानेजर सलिम खानले कम्पनी सधैँ नम्बर वान रहने कुरामा विश्वास गर्ने बताउँदै जर्मन टेक्नोलोजी कम्पनी निभासँगको सहकार्यले कम्पनीको उत्पादन थप विश्वसनीय भएको जिकिर गर्नुभयो । नेपाल अटो मेकानिक्स व्यवसायी संघका अध्यक्ष ठाकुरप्रसाद न्यौपानेले नेपाली अटो मेकानिक्सले गुणस्तरीय उत्पादनमा विश्वास गर्ने भएकाले मकासका उत्पादन लोकप्रिय रहेको बताउनुभयो ।

संघका निवर्तमान अध्यक्ष दीपक खड्काले गुणस्तरीय उत्पादनभन्दा स्किम बिक्री भइरहेको बजारमा मकासले फरक पहिचान कायम गरेको बताउनुभयो । कार्यक्रममा नेपालस्थित आधिकारिक बिक्रेता जयश्री चण्डेश्वरी अटोमोबाइल्स प्रालिका सञ्चालक सुरोजन शाक्यलगायतले पनि कम्पनीका उत्पादनबारे चर्चा गर्नुभएको थियो ।

भारतका चार स्थानमा कारखाना रहेको कम्पनीका उत्पादन थ्री हिृवलरदेखि फोर हिृवलर सबै गाडीमा प्रयोग हुने बताइएको छ । क्लच प्लेट, कभर एसेम्बली, लिभर किट, प्रेसर प्लेट र क्लचसँग सम्बन्धित सबै कम्पोनेन्ट मकासले उत्पादन गर्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?