स्कुटर चोरेको आरोपमा तिन जना पक्राउ

हिमालय टाइम्स
Read Time = 1 min

भक्तपुर । भक्तपुर नगरपालिका-१० कमलबिनायक पाईपलाईनस्थित पार्किङ गरी राखिएको बा.८१ प ८७६६ नम्बरको स्कुटर चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा खोटाङ दिक्तेल डाँडागाँउ गाउँपालिका घर भई भक्तपुर कमलबिनायक बस्ने १४ वर्षीय किशोरसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।

उक्त स्कुटर चोरी भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त जगातिबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा उनीहरूलाई उक्त स्कुटर चोरी गरी लैजाँदै गरेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?