बाजुराको स्वास्थ्य उपचार सेवालाई सुधारमा ल्याउन मन्त्रीलाई ज्ञापन-पत्र

मान बहादुर बिश्वकर्मा कालिकोट
Read Time = 3 mins

कालीकोट । बाजुराको स्वास्थ्य उपचार सेवालाई थप प्रभावकारी र सुधारको माग सहीत स्वतन्त्र राजनीतिक अभियान्ता हेमराज थापाले नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतलाई लिखित ज्ञापन पत्र बुझाउनु भएको छ ।

जिल्लामा उपचार सेवा प्रभावकारी नभएको, स्वास्थ्यकर्मीको दरबन्दी न्यून देखिएको, सडक समस्याले बिरामीलाई जिल्ला बाहिर ल्याउन र जिल्ला अस्पताल पुर्‍याउन सहज नभएकोले सुधारका लागि अभियान्ता थापाले मन्त्रीलाई ज्ञापन पत्र बुझाउनु भएको हो ।

दुर्गम जिल्लाका अस्पतलामा आवश्यकता अनुसार स्वास्थ्यकर्मीको दरबन्दी र सुविधायुक्त औजार उपकरण उपलब्ध गराउन माग गरिएको थापाले बताउनुभयो । बाजुरामा एक राम्रो एम्बुलेन्स समेत छैन्, एक्सरे मेसिनको समेत अभाव हुने अवस्था छ, ती समस्या समाधानको माग सहीत मन्त्रीलाई भेटेर छलफल तथा ज्ञापन पत्र बुझाइएको थापाले जानकारी दिनुभयो ।

ज्ञापन पत्र बुझ्दै मन्त्री बस्नेतले तत्काल एक एम्बुलेन्स उपलब्ध गराउने र आवश्यक मेसिन र उपकरणका लागि पनि प्रक्रिया पुरा गरेर सहयोग गर्ने आश्वासन दिनुभएको छ । बाजुरा जिल्ला अस्पतालका १० जना बढी चिकित्सक कार्यरत भएपनि दरबन्दीको एक जना पनि डाक्टर छैनन् ।

तीन महिनाको अवधीमा चार जनाको जहाज नआएरै वा बाजुरामा उपचार पद्धती कमजोर भएकै कारण ज्यान गुमाउनु परेको, कैलालीमा आएर सुत्केरी सेवा लिँदा पनि बाजुराकी एक जना सुत्केरी आमाले अकालमा मृत्युवरण गर्नु पर्ने घटना जिल्ला बासीका लागि सहज र स्वीकार्न योग्य नभएकोले यस्ता गतिविधी राज्यका तर्फबाट तत्काल हल हुँने गरी सम्बोधन गरिनु पर्ने माग पनि मन्त्रीसँग राख्नुभएको छ ।

सामाजिक र राजनीतिक अभियानमा सक्रिय हेमराज थापाले पछिल्लो समय गृह जिल्ला बाजुराको विकास र समस्या केन्द्रीत बहस पैरवीलाई जोड दिदै आइरहनु भएको छ । थापाकै नेतृत्वको टोलीले गएको हप्ता मात्रै बाजुराका प्रतिनिधी सभा सदस्य बद्री पाण्डे र दयालबहादुर शाही जनताको सरोकारमा नबोलेको र हराएको भन्दै माइतीघर मण्डलामा दबाब मुलक प्रर्दशन गरेका थिए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?