
अबुधाबी । दक्षिण अफ्रिका आईसिसी महिला टी-२० विश्वकपको फाइनलमा प्रवेश गरेको छ । सर्वाधिक सफल टोली अष्ट्रेलियालाई ८ विकेटले पराजित गर्दै दक्षिण अफ्रिका महिला टी-२० विश्वकपको फाइनलमा प्रवेश गरेको हो । बिहीबार राति सम्पन्न खेलमा अष्ट्रेलियाले दिएको १३४ रनको लक्ष्य दक्षिण अफ्रिकाले १७.२ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो । दक्षिण अफ्रिकालाई फाइनलमा पुर्याउन एनेके बोशको अविजित ७४ रनको उत्कृष्ट प्रदर्शन गर्नुभयो । उहाँले ४८ बलमा ८ चौका र १ छक्का प्रहार गर्नुभयो ।
कप्तान लौरा वोल्भार्ट (४२ रन) र बोस्चले दोस्रो विकेटका लागि ६५ बलमा ९६ रनको आक्रामक साझेदारी गर्दै दक्षिण अफ्रिकाको जितमा महत्वपूर्ण भूमिका खेल्नुभएको थियो । वोल्भार्टले ३७ बलमा ३ चौका र १ छक्का प्रहार गर्नुभयो भने ताज्मिन ब्रिट्सले १५ बलमा १ चौका र १ छक्का प्रहार गर्दै १५ रन बनाउनुभयो ।
यससँगै अष्ट्रेलियाको तीनपटकको लगातार उपाधि जित्ने यात्रामा पूर्णविराम लागेको छ । अफ्रिकाले पहिलो पटक अष्ट्रेलियालाई पराजित गरेको हो । टी-२० विश्वकपमा दक्षिण यी दुई टोलीले सन् २०२३ मा फाइनल खेलेका थिए, जसमा अष्ट्रेलिया १९ रनले विजयी भएको थियो । अब दक्षिण अफ्रिकाले आइतबार न्युजिल्याण्ड र वेष्ट इण्डिजबीचको दोस्रो सेमिफाइनलको विजेतासँग खेल्नेछ । अष्ट्रेलियाले सन् २००९ देखि सुरु भएको प्रतियोगिताका सबै नौ संस्करणमा सेमिफाइनल खेलेको छ ।
यसअघि ब्याटिङको निम्तो पाएपछि सुस्त सुरुवात गरेको अष्ट्रेलियन टोलीले ५ विकेटको क्षतिमा १३४ रनमात्र बनाएको थियो । यसअघि अष्ट्रेलियाका विकेटकिपर ब्याट्सम्यान बेथ मुनीले सर्वाधिक ४४ रन बनाउँदै अष्ट्रेलियाको स्कोरबोर्डमा निर्धारित २० ओभरमा १३४ रन पुर्याउनुभएको थियो । कप्तान ताहलिया म्याकग्राथले २७ रनको योगदान दिनुभयो । अन्त्यमा एलिस पेरीले २३ बलमा ३१ रन र फोबी लिचफिल्डले ९ बलमा अविजित १६ रनको योगदान दिनुभयो ।
अष्ट्रेलियाले अन्तिम ४ ओभरमा ४० रन जोडेको थियो । बलिङतर्फ दक्षिण अफ्रिकाका आयाबोन्गा खाकाले ४ ओभरमा २४ रन खर्चेर २ विकेट लिनुभयो । मारिजाने क्याप र नोनकुलुलेको म्लाबाले समान १-१ विकेट लिनुभयो । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच