बाँके । बाँकेमा होटल संचालक माथि लुटपाट भएको छ ।
असोज १२ गते बेलुका कोहलपुर नगरपालिका वडा नं ११ नयाँ बसपार्कस्थित न्यू रारा कर्णाली होटलमा बास बस्ने बहानामा आएर लाखौं रुपैयाको गरगहना र नगद लुट्ने २ जनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायव उपरिक्षक धर्मराज भण्डारीले बताउनु भयो ।
पक्राउ पर्नेमा कास्की जिल्ला पोखरा महानगरपालिका-१३ का सन्जु कोइराला र तनहुँ देवघाट गाउँपालिका-५ का कालु परियार रहेको भण्डारीले जानकारी दिनुभयो । स्थानिय प्रहरीको सहयोगमा सन्जु कोइरालालाई पोखराको १३ अमलाचौरस्थित निजको आफ्नै घर कोठाबाट र कालु परियारलाई देवघाट-५ स्थित क्षेत्रीटोल बाट पक्राउ गरिएको हो ।
होटल संचालिका पार्वती उपाध्यायलाई आमा नाता लगाई निजको भरोसा जिति असोज १५ गते राति अन्दाजी ११ बजेको समयमा होटलमा पार्वती उपाध्याय र निजका २ जना नातीनी विधा आचार्य र विनिशा आचार्यलाई फ्रुटी तथा मोहिमा घातक विषादी मिसाई खुवाई निजहरुको शरीरमा रहेको एक तोला सुनका रिङ, आधा तोलाको तिलहरी, दुवै छोरीको कानमा रहेका ४ वटा गरी १ तोला सुनका रिङ, नाकमा लगाएको ९ आनाको नथनिया गरी जम्मा २.५ तोला ९ आना तौल भएका सुनका गहना र काउन्टरमा रहेको ३० हजार रुपैया नगद र जिन्सी सामान चोरी गरी फरार भएका थिए ।
साथै प्रहरीले कालु परियारको साथबाट बेहोस बनाउदा प्रयोग गर्ने १७ टयाबलेटपनि बरामद गरेको जनाएको छ ।
पक्राउ परेका दुवैजनालाई अदालत मार्फत ज्यान मार्ने उद्योग र चोरी कसूरमा कालु परियारलाई ७ दिन तथा सन्जु कोइरालालाई ६ दिनको म्याद थप गरी थप अनुसन्धान भैरहेको प्रहरीले जनाएकाे छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच