अनेरास्ववियुको नेतृत्व चयनका लागि जारी मतदानको आजै परिणाम आउने

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को नयाँ नेतृत्व चयनका लागि मतदान अन्तिम चरणमा पुगेको छ ।

कमलादीस्थित प्रज्ञा भवनमा जारी २३औं राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान भइरहेको हो । सहमतिको प्रयास असफल हुन नसकेपछि बिहीबार अपरान्हबाट मतदान गरिएको हो ।

सहमतिमा नेतृत्व चयन हुन नसकेपछि मतदानको प्रक्रियामा गएको हो । मतदान प्रक्रियामा विद्युतीय मेसिन प्रयोग गरिएको छ । मतदान सकिए पछि परिणाम आजै आउने जनाइएको छ ।

अध्यक्ष पदका लागि आरसी लामिछाने, समिक बडाल, मोती विक, लोकेश निरौला गरी चारजनाको उम्मेदवारी परेको छ । जारी महाधिवेशनले अध्यक्ष, चारजना उपाध्यक्ष, १० जना सचिव र १९९ सदस्यीय केन्द्रीय कमिटी चयन गर्नेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?