काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी स्टाइकर सावित्रा भण्डारी (साम्बा) सम्मिलित इएन एभान्ट गुइग्याम्पले फ्रेन्च महिला लिगमा यस सिजनको पहिलो जित हात पारेको छ ।
साम्बाले गोल गरेको खेलमा गुइग्याम्पले स्ट्रासवर्गलाई ३–२ ले पराजित गर्दै यस सिजन पहिलो जित निकालेको हो ।
गुइग्याम्पको लागि साम्बाले नै ५६औं मिनेटमा पहिले गोल गर्दै अग्रता दिलाउनु भएको थियो। तर अजारोले ६२औं र चापेलले ६५औं मिनेटमा गोल गरेपछि स्ट्रासवर्ग खेलमा फर्केको थियो ।
६७औं मिनेटमा गुइग्याम्पकी ओलिभरलेले गोल गर्दै खेल २–२ को बराबरीमा ल्याउनु भयो। त्यसपछि पेनेउले इन्जुरी टाइमको तेस्रो मिनेटमा गोल गरेपछि गुइग्याम्पले ३–२ ले जित निकाल्न सफल भयो ।
पहिलो जितपछि ५ खेलबाट ३ अंक जोडेको गुइग्याम्प रेलिगेसन क्षेत्र छाड्दै १०औं स्थानमा उक्लेको छ । स्ट्रासवर्ग २ अंकसहित ११औं स्थानमा झरेको छ भने अंकविहीन रहेको रेइम्स अन्तिममा छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच