मुगु । मुगुको रारा ताल क्षेत्रमा जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन (कोप–२९) को पूर्वतयारी र जलवायु परिवर्तनले कर्णालीमा पारेको असरका सम्बन्धमा दुईदिने कार्यशाला सम्पन्न भएको छ ।
वन तथा वातावरण मन्त्रालय र जलवायु परिवर्तनका क्षेत्रमा काम गर्दै आएको संस्था ‘साथसाथै’को संयुक्त आयोजनामा भएको कार्यशाला पाँचबुँदे घोषणापत्र जारी गर्दै आज सम्पन्न भएको हो ।
कोप-२९ को पुर्व तयारी र जलवायु परिवर्तनले कर्णालीमा पारेको अवसर र असरबारे भएको सम्मेलनमा संघीय वन तथा वातवरण मन्त्री ऐनबहादुर शाहीको उपस्थितीमा प्रदेश तथा स्थानिय प्रतिनिधी संघ संस्थाका प्रतिनिधी सहित विज्ञहरु बीचको छलफलले ५ बुँदे घोषणपत्र जारी गरिएको हो ।
घोषणपत्रमा जलवयु परिवर्तनका कारण समग्र नेपाल उच्च जोखिममा भएको र कर्णाली प्रदेशमा जा्खिमता साथै यस क्षेत्रको जलबायु परिवर्तनसंग जुध्ने क्षमता अत्यन्त्य कम रहेको बिषयमा सम्मेलनमा विशेष छलफल तथा अन्तरकृया गरियो थियो ।
स्थानिय, प्रादेशिक र संघीय सरकारले कार्यान्वयन गर्ने नियमित विकास निमार्णका कार्यक्रमहरु जलवायु परिर्वतन सम्बन्धि जोखिम ब्यवस्थापन र जलवायु मैत्री क्रियाकलापहरु कार्यान्वयन गर्न बिशेष प्राथमिकता साथ उठान गर्दै, जलबायु परिर्वनका कारण महिला, बालबालिका, युवा सिमान्तकृत समुदाय लगायतमा परेको प्रभावका विषयमा छलफल केन्द्रित थियो ।
घोषणपत्रमा नेपालमा जलवायु परिर्वतनले पारेको प्रभाव संग जुध्न साथै जलबायु मैत्री विकासका अवसर प्राप्त गर्न अनतराष्ट्रिय समुदायको सहकार्यलाई बिशेष जोड दिईने घोषणा पत्रमा उल्लेख छ ।
सो कार्यक्रममा बोल्दै वन तथा बाताबरण मन्त्री शाहीले नेपालले केही गल्ती नै नगरी अन्याय भोग्नु परेकोले क्षेती पूर्तीको लागि सरकारले अन्तरष्टिय फोरममा आवाज उठाउने बताउनु भएको छ ।
उहाँले संयुक्त राष्टसंघिय जलवायु संम्मेलनमा जलवायु कोषको रकम क्षतिपूर्ती स्वरुप पाउनको लागि आवश्यक गृहकार्य भई रहेको जानकारी दिनुभयो ।
मन्त्री शाहीले यस अघिको बजेटमा जलवायु न्यायका लागि काम गर्ने बजेट न्यून रहेकोले आगामी बजेटमा सरकारले ध्यान पुराउने दृढता राख्नुभयो । जलवायु परिवर्तनका असरले कर्णालीका जनतालाई परेको असर सहित कर्णालीको अवाजलाई यसपटक कोप २९ मा पुराउने बताउनु भयो ,।
कार्यक्रम आयोजक साथसाथै संस्थाका अध्यक्ष प्रजिता कार्कीले राराको सुन्दरता, छाँयानाथ हिमाल लगायतको हिमालको आकषण जलवायु परिवर्तनको कारणले घट्दै गएको प्रति चिन्ता व्यक्त गर्नुभयो ।
रारामा भएको जलवायु सम्मेलनमा पूर्व परराष्ट्र मन्त्री डा. विमला राई पौडेल, जलवायु विज्ञ डा मञ्जित ढकाल मन्त्रलालयकाृ सलहकार डा माधव कार्की, मन्त्रालयका उपसचिव दिपा वली, एनटीएनसीका सदस्य सचिव नरेश सुवदी, नेपालपर्यटनबोडका निर्देशक श्रद्धा श्रेष्ठ, योनिक अल्पसंख्यक अभियन्ता भुमिका श्रेष्ठ, प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत, हेलम्बु गाउपालिकाका प्रमुख निमा ग्याल्जेन शेर्पा, खुम्बु पासाङ्ग गाउपालिका उपप्रमुख टासी लामाले विभिन्न प्रस्तुती राख्नु भएको थियो ।
सो अवसरमा स्थानीय तथा जलवायु परिवर्तनको असर भोगेका विभिन्न पालिकाका जनप्रतिनिधि, संरक्षण विदसंग प्यानल छलफल गरिएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच