टोकियो । टोको नामका जापानका यी मानिस अहिले कुकुर बनेका छन् । मानिसबाट कुकुर बनेका टोकोले पनि सामाजिक सञ्जालमा केही तस्वीर शेयर गरेका छन् । जसको धेरै चर्चा भइरहेको छ ।
वास्तवमा, जापानमा बस्ने यी व्यक्तिको बाल्यकालदेखि नै कुकुरको जीवन जिउने सपना थियो । जापानको एक व्यावसायिक एजेन्सी जेप्पेट वर्कशप कम्पनीले टोकोलाई कुली, कुकुरको नस्लमा परिणत गरेको छ ।
यी व्यक्तिलाई कुकुर बन्न यति धेरै मन लाग्यो कि त्यसका लागि २० लाख युआन (लगभग २० लाख रुपैयाँ) खर्च गरे । यति धेरै पैसा लिएर ती व्यक्तिले यस्तो पोशाक बनाए, जसमा उनी ठ्याक्कै कुकुरजस्तै देखिन्छन् । यो पोशाकमा उनलाई चिन्न धेरै गाह्रो छ । पोशाक बनाउन करिब ४० दिन लाग्यो । मानिस र कुकुरमा धेरै भिन्नता भएकाले यो पोशाक बनाउन निकै मिहिनेत गरेको कम्पनीले जनाएको छ ।
स्वास्थमैत्री जीवनशैली प्रबद्र्धनमा प्राकृतिक चिकित्साको
वीर अस्पतालको इमर्जेन्सीमा-सेवा कि यातना
कविता : निमन्त्रणा छ बालेन
गठबन्धनको भविष्य र असन्तुष्टहरूको गन्तव्य
मुलुकको साखसँग जोडिएको नेताको नाक
तिलाको नीति तथा कार्यक्रम :