थामबहादुरको सपथसँगै दुई बुँदे निर्णय, स्वयम् सेविकालाई दैनिक एक सय भत्ता र वडाबाटै सुरक्षा भत्ता

हिमालय टाइम्स
Read Time = 3 mins

भोजपुर । भोजपुरको रामप्रसाद राई गाउँपालिकाका अध्यक्ष थामबहादुर राईले पदबहाली गर्दै दुई बुँदे निर्णयमा हस्ताक्षर गर्नु भएको छ ।

पदबहालीसँगै पहिलो निर्णय गर्दै सामाजिक सुरक्षा भत्ता वडाबाट वितरण गर्ने र आर्थिक बर्ष २०७९÷०८० बाट महिला स्वास्थ्य स्वयम सेविकाहरुलाई दैनिक १ सयका दरले खाजा भत्ता उपलब्ध गराउने रहेको
छ ।
'सामाजिक सुरक्षा भत्ता लिनका लागि घण्टौ लगाएर बैकसम्म धाउनु पर्ने बाध्यता रहेकाले बृद्धबृद्धालाई समस्या भएकाले वडा कार्यालयबाट नै भत्ता उपलब्ध गराउने र मासिक एक हजार ५ सय पाउँदै आएका महिला स्वास्थ्य स्वयेम सेबिकाहरुलाई आगामी आर्थिक बर्ष देखि दैनिक खाजा भत्ता बापत १ सय उपलब्ध गराईने छ ।' नवनिर्वाचित अध्यक्ष राईले भन्नुभयो । स्थानीय तह निर्वाचनको घोषणा पत्रमा नै यी दुवै बुदाँहरु उल्लेख थिए ।
आफनो चुनावी घोषणा पत्रमा उल्लेख गरिएका सवै कुरा क्रमिकरुपमा पुरा गरिने अध्यक्ष राईको भनाई रहेको छ । अव नागरिकको जिवनमा गणतन्त्र आउनु पर्ने बताउँदै अध्यक्ष राईले संचारकर्मीहरुसँग कुराकानी गर्दे भन्नुभयो, 'स्थानिय सरकार भनेको जनताको घर दैलोको सरकार हो, यसले आम नागरिकको आवाज बोल्नु पर्छ, आम नागरिकको आवश्यकता अनुसारको जनपक्षिय काम गर्नुपर्छ ।'

गाउँपालिका भित्र ८ वटा वडाहरु छन् । अध्यक्षसँगै गाउँपालिका उपाध्यक्ष बीरेन्द्र राईले पनि पदबहाली गर्नु भएको छ । यस पालिकामा नेकपा (एमाले) को उम्मेदवारलाई हराउँदै नेकपा (माओवादी केन्द्र) का थामबहादुर अध्यक्ष र गठवन्धनका तर्फबाट नेपाली कांग्रेसका वीरेन्द्र उपाध्यक्ष पदमा निर्वाचित हुनु भएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?