काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिकाका बाढी तथा पहिरो प्रभावित २३ परिवारलाई राहत प्रदान गरेको छ । बाढी तथा डुबानका कारण प्रभावितलाई एनआरएनएतर्फबाट खाद्य सामग्री, लत्ताकपडा, म्याट्रेस, त्रिपाल, सोलार बत्ती, प्राथमिक उपचार बक्सलगायतका सामग्री वितरण गरिएको एनआरएनएले जनाएको छ ।
एनआरएनएले बाढी, डुबान तथा पहिरो प्रभावितका लागि एक करोड सहयोग गर्ने घोषणा गरेको थियो । राहत वितरण कार्यक्रममा एनआरएनए अध्यक्ष डा. बद्री केसीसहित उपाध्यक्ष रामशरण सिम्खडा, उपाध्यक्ष रोजिना प्रधान राई, महासचिव गौरीराज जोशी, सचिव टीका गुरुङ, कोषाध्यक्ष सुदन थापा, सल्लाहकार अतुल कोइराला, क्षेत्रीय उप-संयोजक पूर्णचन्द्र बाँनिया, महिला क्षेत्रीय संयोजक इन्दिरा त्रिपाठी, युरोप महिला संयोजक प्रसुन्ना कँडेल, एनसिसी कम्बोडियाका अध्यक्ष लालसिंह खड्का, एनसिसी अस्ट्रेलियाकी सह-कोषाध्यक्ष रोजी पन्त तथा गैरआवासीय नेपाली अभियन्ता एवं प्रमुख कार्यकारी अधिकृत राजेन्द्र राउत, अधिकृत कुनाल मिश्रलगायत थिए ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच