काठमाडौँ । जिम्बाबेले टी-२० क्रिकेटमा नेपालले बनाएको अहिलेसम्मको उच्च रनको रेकर्ड तोडेको छ ।
बुधबार टी-२० विश्वकप छनौट अन्तर्गत अफ्रिका क्षेत्रको खेलमा गाम्बियाविरुद्ध ३४४ रन बनाउँदै यस अघि नेपालले मंगोलियाविरुद्ध बनाएको ३१४ रनको रेकर्ड तोडेको हो ।
नेपालले २०२३ को सेप्टेम्बर २७ मा मंगोलियाविरुद्ध ३१४ रन बनाउँदै टी-२० क्रिकेटमा सर्बाधिक रन बनाउने कीर्तिमान बनाएको थियो ।
जिम्बाबेले गाम्बियाविरुद्ध ३४४ रन बनाउने क्रममा सिकन्दर राजाले अविजित १३३ रन बनाएका थिए । उनले ३३ बलमा शतक समेत बनाएका थिए भने ४३ बलमा १३३ रन बनाएका थिए । त्यस्तै ब्रायन बेन्नेटले ५०, ताडीवानासी मारुमानीले १९ बलमा ६२, क्लिभ माडानडेले १७ बलमा अविजित ५३, रयान बर्लले ११ बलमा २५ रन बनाएका थिए ।
जिम्बाबेले यो खेल २९० रनले जितेको थियो । ३४५ रनको लक्ष्य पछाएको गाम्बिया १४.४ ओभरमा केवल ५४ रन बनाएर अल आउट भएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच