
ललितपुर । रोपेर फूल गोदावरी, सजाऔँ घर आँगन वरिपरि भन्ने नाराका साथ गोदावरी फूलको व्यावसायिक विकास, विस्तार तथा प्रवद्र्धन गर्ने उद्देश्यले १७औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी बिहीबारदेखि ललितपुरमा सुरु भएको छ । ११ गतेसम्म जावलाखेलको खेल मैदानमा सञ्चालन हुने प्रदर्शनी पुष्प व्यवसाय प्रवद्र्धनका सम्बन्धमा समय अनुकूल पुष्पको जातीय विकास एवं गुणस्तरीय उत्पादनमा सहयोग पुर्याउन आयोजना गरिएको आयोजक फ्लोरिकल्चर एसोसिएसन नेपाल(फ्यान) ले जनाएको छ ।
नजिकिँदो तिहार तथा छठलाई लक्षित गरी गोदावरी पुष्प मेला तथा प्रदर्शनी आयोजना गरिएको फ्यानका निवर्तमान अध्यक्ष मीनबहादुर तामाङले बताउनुभयो । विगत वर्षमा झैँ यस वर्ष पनि गोदावरी फूलको चार विधा (मिनियचर, रिफ्लेक्स, स्पाइडर र इनकर्भ) मा प्रतिस्पर्धा गराइएको छ ।
पुष्प व्यवसायीलाई व्यवसाय प्रवद्र्धनमा हौसला प्रदान गर्नुका साथै व्यवसायीबीच प्रतिस्पर्धात्मक भावनाको विकास गरी गुणस्तरीय उत्पादनमा टेवा पुर्याउन मेलासँगै प्रतिस्पर्धा पनि गराइएको आयोजकले जनाएको छ । प्रदर्शनी ४० हजारभन्दा बढीले अवलोकन गर्नुका साथै एक करोडभन्दा बढीको व्यावसायिक कारोबार हुने आयोजकको अपेक्षा छ । साथै फ्यानको आयोजना र लाइन्स क्लब अफ ग्लोबल फ्लोरिकल्चरसँगको सहकार्यमा मेला अवधिभित्र रक्तदान कार्यक्रमसमेत आयोजना गरिएको फ्यान तदर्थ समितिका अध्यक्ष सुरेशभक्त श्रेष्ठले बताउनुभयो ।
तिहारमा प्लास्टिक फूल प्रतिबन्ध
काठमाडौं महानगरपालिकाले एकल प्रयोग हुने प्लास्टिक सामग्री, प्लास्टिकका पुष्प गुच्छा र ४० माइक्रोनभन्दा पातला प्लास्टिकका झोलामा पूर्णरूपमा प्रतिबन्ध लगाएको छ । महानगरको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक नीति तथा कार्यक्रममा पर्यावरणीय संरक्षणको उद्देश्यले यस्तो प्रतिबन्ध लगाइएको महानगरले जनाएको छ । नयाँ नीतिअनुसार प्लास्टिकका फूल गुच्छा, माला र पातला प्लास्टिकका झोलाको उत्पादन, बिक्रीवितरण, भण्डारण र ओसारपसारमा प्रतिबन्ध लगाइएको हो । प्लास्टिकका झोलाको सट्टामा कागज वा कपडाका झोला प्रयोग गर्नुपर्ने व्यवस्था अनिवार्य गरिएको महानगरले जनाएको छ । महानगरपालिकाले उक्त व्यवस्था कार्यान्वयनका लागि अनुगमन टोलीसमेत खटाउने भएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच