
काठमाडौं । अभिनेत्री नीता ढुंगानाको लगानीमा निर्माण भएको चलचित्र ‘ह्रस्व दीर्घ’ नेपालमा नेपाली हिन्दी भाषामा एकै दिन सिनेमाघरमा आउने भएको छ । शुक्रबार निर्माण टिमले सेभेन सिज इन्टरटेनमेन्टलाई विदेश राइट्स बेच्दै चलचित्र नेपालमा कात्तिक ३० गते नेपालीसँगै हिन्दी भाषामा पनि प्रदर्शन हुने जानकारी दिएको हो ।
चलचित्र विदेशमा भने एक हप्तापछि अर्थात् मंसिर ७ गतेबाट नेपाली र हिन्दी दुवै भाषामा रिलिज हुने जानकारी निर्मात्री नीता ढुंगानाले दिनुभयो । चलचित्रको विदेश रिलिजको हिन्दी रिलिज अधिकार पनि सेभेन सिजले नै खरिद गरेको हो । यो कम्पनीका सञ्चालकमध्येका एक विनोद पौडेलले ह्रस्व दीर्घ विदेशमा बक्स अफिस नै रिलिज हुने जानकारी दिनुभयो ।
नेपाली र हिन्दीमा रिलिज भएको दुई महिनापश्चात् यो सिनेमा तेलुगु भाषामा पनि रिलिज गर्ने तयारी भइरहेको अभिनेता हरिहर अधिकारीले बताउनुभयो । ‘हाम्रो चलचित्रका धेरै दक्षिण भारतीय र बलिउड कलाकारले अभिनय गरेकाले पनि नेपालीसँगै हिन्दी र तेलुगु भाषामा हामीले ह्रस्व दीर्घलाई भारतमा प्राथमिकताका साथ रिलिज गदैछौँ,’ हरिहरले भन्नुभयो । भारतीय वितरकले पनि चलचित्रप्रति राम्रो चासो देखाएको उहाँको भनाइ थियो ।
नीता फिल्मस्को प्रस्तुतिमा निर्माण भएको यो चलचित्रका कार्यकारी निर्माता धनञ्जय गलानी हुनुहुन्छ । चलचित्रमा हरिहर र नीतासहित ब्रहृमानन्दम, अली, कवीर दुहान सिंह, प्रदीप रावत, सुनिल बर्मा र प्रशान्त ताम्राकार, सञ्चिता लुईंटेल, विपना थापा, सरोज खनाल, नरेन खड्का, गरिमा शर्मा, रवीन्द्र झा, आदर्श मिश्र, बुद्धि तामाङ र किरण केसीलगायतका कलाकारको अभिनय छ ।
चन्द्र पन्तको निर्देशन रहेको चलचित्रमा अभिनेता हरिहरको कथा र प्रतीक पौडेल, निर्देशक पन्त र हरिहरको पटकथा तथा संवाद रहेको यो चलचित्रलाई बलिउडका चर्चित सिनेमाटोग्राफर कवीरलालले खिच्नुभएको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच