चीनको आर्थिक उदयमा पश्चिमा देशको शंका

Read Time = 13 mins

✍️ लोकनारायण सुवेदी

चीनका बारेमा भनु वा खासगरी सी जिनपिङका बारेमा धेरै भ्रामक हल्ला भारत तथा केही पश्चिमा सामाजिक सञ्जाल, कतिपय सञ्चारमाध्यम तथा कतिपय कूटनीतिक व्यक्तित्वले समेत गरे । त्यो सबै प्रचारकर्ता अहिले त्यसबाट गिरेको शाख जोगाउन अनेक बहाना खोज्दै गरेको देखिँदैछ । तर, चीन र चीनका राष्ट्रपति सीलगायत नेताले त्यस्ता फर्जी प्रचारवाजीहरूको कुनै वास्ता गरेको देखिएन । उनीहरू शान्त, सौम्य किसिमले आफ्ना राष्ट्रिय र अन्तर्राष्ट्रिय कर्तव्य पालन गर्नमा दायाँबायाँ नलागी तल्लिन रहेको देखियो । हल्ला सबै पराजित भएर किनारातिर धकेलिए ।

हुन त विश्वमा अनेक पूर्वानुमान नगरिएका र नसोचिएका अप्रत्यासित घटना घट्ने गरेका छन् । यो २१औं शताब्दीको आरम्भकै पहिलो वर्षमा त्यस्तै रोमाञ्चकारी र भयावह घटना घटेको थियो । त्यो थियो-सेप्टेम्बर ११ को घटना, जुन घटनाले एकैपटक धेरै कुरा बदलिदिएको थियो भने धेरै कुरा अझ बदिलँदै जाने संकेत दिएको थियो । त्यो घटना सही अर्थमा एउटा विभाजनकारी घटना थियो । त्यसपछि विश्वले नै एउटा संक्रमणको स्थितिबाट गुज्रनु परेको थियो । त्यस कारण विश्वको सबैभन्दा शक्तिशाली देशका राष्ट्राध्यक्षले हृवाइट हाउसबाट घोषणा गरिरहेका थिए- ‘वी आर रेडी टु ब्रुसिफाई’ । त्यस घोषणाले वास्तवमा स्यामुअल हण्टिङ्गटनको त्यस कुरामा अनुमोदनको छाप लगाइदिएको थियो कि विश्व भिन्न सभ्यताको संघर्षको बीचबाट गुज्रिरहेको छ । सायद् यो सत्यको एउटा पक्ष थियो । तर दोस्रो केही अरू कुरा पनि थिए, जसबाट दुनियाले पछिबाट पूरै या आधा-अधुरो तरिकाले देख्यो, जान्यो पनि ।

वास्तवमा आज अमेरिका विश्वको एउटा आदर्श व्यवस्थाको आधारभूमिबाट खस्कँदो छ । खासगरी पछिल्लो राष्ट्रपति निर्वाचन र त्यसको ठीकपछिको स्थितिले अमेरिकी साखलाई नराम्रोसँग बट्टा लगाइदिएको छ ।

सेप्टेम्बर ११ पछि इतिहासले फेरि आफूलाई दोहोर्‍याइरहेको थियो, त्यसमा फरक के मात्रै थियो भने पहिला पुँजीवादी तथा समाजवादी थियो । अहिले उदारवादी र कट्टरपन्थी (पछि आएर एकथरिले यसलाई पश्चिमा र इस्लामिक अथवा पूर्वी संसारको रूपमा प्रस्तुत गर्ने गरेका छन्) या यसो भनौं त्यसमा बजारको तानाशाही हुँदाहुँदै उदारवाद थियो, दोस्रोमा उदारवादका लागि कुनै स्थान थिएन । यस अर्थ टक्कर स्वाभाविक थियो । यो टक्कर लामो तानियो तर लडाइँलाई निष्कर्षविनै समाप्त घोषित गर्नुपरेको थियो । यसबाट अमेरिकाका अगाडि प्रश्न चिहृन खडा भयो । यसका अन्य परिणाम मध्येको एक अमेरिकी बित्तीय संकट पनि थियो । ‘सब-प्राइम’ संकटको नामबाट आएको संकटले अमेरिकी पुँजीवादको आधारलाई धेरै हदसम्म कमजोर तुल्याइदियो । कतिपय अर्थशास्त्रीहरूद्वारा ‘इतिहासको अन्त्य’को कुरा जस्तै अर्थशास्त्रको पनि ‘डिकपलिङ’को घोषणा पनि गरियो । यही पृष्ठभूमिबाट अहिले चीनको महत्वाकांक्षाको पखेटा पलायो र चीन विश्वलाई चुनौती दिने स्थितिमा पुग्यो भन्ने निष्कर्ष पश्चिमाहरूबाट निकालिँदैछ । २०२० मा विश्व जुन चुनौतीहरूबाट गुज्रियो, तिनमा चीनले केही अवसरको खोजी ग¥यो र आफ्ना उद्देश्यलाई लिएर अगाडि बढ्यो ।

आज अप्रत्यक्ष या लुकेको स्थितिमै सही तर उसले दाबी गरिरहेको देखिँदैछ-‘लिबरल वल्र्ड अर्डर अब ग्लोबल रुलको सुरक्षा र समृद्धि अनुकूल छैन’ । चीन चाहन्छ ‘चिनियाँ चरित्रको समाजवाद’लाई त्यसै रूपमा स्वीकार्यता मिलोस्, जुन रूपमा बर्लिन पर्खाल ढलेपछि पुँजीवादलाई मिलेको थियो । यसका लागि चीनले रणनीतिक रूपले काम पनि गरिरहेको छ । वास्तवमा आज अमेरिका विश्वको एउटा आदर्श व्यवस्थाको आधारभूमिबाट खस्कँदो छ । खासगरी पछिल्लो राष्ट्रपति निर्वाचन र त्यसको ठीकपछिको स्थितिले अमेरिकी साखलाई नराम्रोसँग बट्टा लगाइदिएको छ । त्यसले अमेरिकालाई ‘ग्लोबल लिडर’को सामान्य अवधारणाबाट किनारामा धकेलिदियो । परिणामतः त्यसले चीनका हातमा महान् अवसर प्रदान गर्‍यो । २०२० मा राष्ट्रपति सी जिनपिङको हातमा ठूलो शक्ति आयो, जुन शक्ति चीनका अध्यक्ष माओपछि कसैलाई प्राप्त भएको थिएन भनिँदैछ । चीनमा सी यतिबेला कम्युनिष्ट पार्टी र सरकार दुवैभन्दा माथि र कतिपय बेलामा त देशकै पर्यायका रूपमा देखिएको पश्चिमा देशहरूको मूल्यांकन छ । उनीहरूको निष्कर्ष छ, यो स्थिति ठीक त्यस्तै हो जुन फ्रान्समा लुई १४औं लाई लाग्दथ्यो भन्नेहरू पनि छन् । त्यो भनेको ‘आइ एम द स्टेट’ (‘म नै राष्ट्र हुँ’) भन्ने कुरा हो । कोभिडविरुद्ध लड्ने आफ्नो प्रविधि र कौशलतामा सफल भएपछि आज चीन ‘ग्लोबल इकोनोमी लिड’ गर्ने महत्वाकांक्षा लिएर अग्रसर देखिन्छ । विश्वलाई वित्तीय सहयोग गर्ने स्थितिमा पुगिसकेको छ ।

एकथरि मानिस लिबरल वल्र्ड अडर जारी रहने या नरहने सन्देहयुक्त प्रश्न गर्दैछन् भने तिनीहरू नै चीनको उभारलाई लिएर पनि सन्देह र चिन्ता नै गर्ने गर्दैछन् । उनीहरू चीनको बढ्दो उभारलाई चिन्ताजनक मान्दछन् । चीनले अर्थ व्यवस्थाको माध्यमले आफ्नो शासन व्यवस्थालाई विश्वसामु यसरी प्रस्तुत गर्दैछ कि ‘चिनियाँ चरित्रको समाजवाद’ आजको विश्वमा त्यसरी नै सर्वोपयोगी भइसकेको छ । जसरी १९९० को दशकमा सोभियत समाजवादलाई ध्वस्त गरेर पश्चिमा या अमेरिकी नेतृत्वको पुँजीवाद भएको थियो । त्यतिबेला एउटा ‘इतिहासको अन्त्य’को पटकथा रणनीतिको रूपमा लेखिए लेखाइएको थियो र प्रसारित गरिएको थियो । प्रष्ट छ, यो काम अमेरिका र उसका मित्र देशहरूबाट गरिएको थियो । आज त्यस्तै एउटा पटकथा पुँजीवादका लागि चीन लेख्न खोज्दैछ । यद्यपि पुँजीवादका प्रचारक जस्तो चीनका प्रचारक देखिएका छैनन् । पश्चिमा शक्तिको जस्तो बिबेच्य र बौद्धिक दुनियाँमा घूसपेठ पनि चीनको देखिँदैन । यसले गर्दा यो लडाइँमा चीन कत्तिको योग्य योद्धा देखिने हो हेर्न बाँकी छ । यद्यपि यो कार्यमा चीलाई रुस, तुर्की, इरान आदि देशले साथ दिँदै गरेको देखिन्छ तर विजेता नै बन्ने प्रवीणता बनिसकेको कुरा बाहिर प्रकट रूपमा अझै देखापरेको छैन ।

यो अर्कै कुरा रुसले केही वर्षअगाडिदेखि २१औं शताब्दीमा हिन्दमहासागरमा फिर्ता हुने घोषणा गरिसकेको छ । यस दिशामा हिजोको अटोमन साम्राज्यको मधुरो इतिहास मस्तिष्कमा रहेको तुर्की पनि अघि बढ्न चाहन्छ । सायद यही कारणले होला अदागान कमाल पाशाको सम्भ्रान्त तुर्कीलाई एउटा तानाशाह मौलबीको तुर्की बनाउन चाहँदा हुन् सायद ।

यस दिशामा हिजोको अटोमन साम्राज्यको मधुरो इतिहास मस्तिष्कमा रहेको तुर्की पनि अघि बढ्न चाहन्छ । सायद यही कारणले होला अदागान कमाल पाशाको सम्भ्रान्त तुर्कीलाई एउटा तानाशाह मौलबीको तुर्की बनाउन चाहँदा हुन् सायद ।

यी शक्तिहरू जे भए पनि एक समय विश्वको एउटा ठूलो हिस्सा र त्यसको लिडरसिपले अमेरिकी राजनीतिक व्यवस्था र राजनीतिक आदर्शलाई मन पराउँदथ्यो र त्यसको अनुपालन गर्ने कोसिस गर्दथ्यो । उदार र लोकतान्त्रिक दुनियाँ अमेरिकासँग अनुबन्धित या सम्बन्धित जस्तै हुन चाहन्थ्यो । तर आज यो स्थिति बिमारी भएको र रुग्णजस्तो हुनगएको छ । त्यसैले विकल्पको रूपमा विश्वमा चीन अगाडि आएको देखिँदैछ । अब चीनसँग अमेरिकासँग जस्तै राष्ट्रहरू जोडिन चाहन्छन् कि चाँहदैनन् त्यो भने भविष्यले देखाउनेछ ।
पश्चिमा शक्तिमा विश्वास गरिरहेका तर उसको लगातार स्खलन हुँदै गरेको देखिरहेका विश्लेषकहरू भलै चीनले सफल आर्थिक मोडल तयार गरेको र विश्वको ठूलै समुदायले त्यो आर्थिक मोडल र बढ्दो आर्थिक शक्तिप्रति सम्मोहित भएको होस् तर पनि ‘चिनियाँ चरित्रको समाजवाद’ भने अपनाउन सक्तैनन् । यद्यपि चीनसँग आर्थिक शक्ति भएकाले पश्चिमा लोकतन्त्र र उदारवादलाई अनुपयुक्त बताउन उसले पश्चिमा शक्तिले जस्तै एउटा अर्को ‘इतिहासको अन्त्य’को प्रचार गर्न र एउटा नवीन मोडल प्रस्तुत गर्न सक्त छ भन्ने ती पश्चिमा विद्वत विश्लेषकको निचोड छ ।

तर, चीनको यो नवीन विकास मोडलको इतिहालाई भने अमेरिका लगायत विश्वका कुनै शक्तिले चुनौती दिनसक्ला भन्ने कुरामा विश्वस्त देखिँदैनन् । त्यसैले बर्लिनको पर्खाल भत्किए जस्तै चीनको नयाँ पर्खाल पनि भत्किने कुरामा उनीहरू कुनै निष्कर्ष निकाल्न र विश्वस्त बन्न नसकिरहेको स्थितिबाट गुज्रिरहेको देखिन्छ । यो वास्तवमा चीन निर्वाध अघि बढ्ने वातावरण विश्वस्तरमै बनिरहेको कुराको द्योतक हो । यस्तो बेलामा कुनै भ्रामक हल्लाले केही तहल्का मच्चाएर भ्रमको पर्दा हाल्न खेजे अन्ततः हटेर जाने कुरा संसाराको कुनै भागमा पनि निश्चित छ । चीनमा पनि अहिले त्यही नै भएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?