काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले नेपालमा पहिलोपटक भिसा वेयरेबल स्टिकर ‘एनआइएमबी पेवियर’को आधिकारिकरूपमा लोकार्पण गरेको छ । काठमाडौंमा आयोजित कार्यक्रममा बैंकले ग्राहकले कुनै पनि पिओएस टर्मिनलमा वेयरेबल उपकरण ट्याप गरी छिटो र सुरक्षित सम्पर्करहित कारोबार गर्न सक्ने उक्त नयाँ प्रविधि सार्वजनिक गरेको हो ।
बैंकले ‘एनआइएमबी पेवियर’ कसरी दैनिक कारोबार छिटो, सुविधाजनक र सुरक्षित बनाउने उद्देश्यले डिजाइन गरिएको जनाएको छ । जसले ग्राहकलाई भौतिक कार्ड वा मोबाइल वालेट बोक्न नपर्ने अर्को विकल्प प्रदान गर्नेछ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका वरिष्ठ डेपुटी सिइओ महेश शर्मा ढकालले भन्नुभयो, ‘एनआइएमबी पेवियर नेपालका लागि गेम-चेन्जर हो, यो उत्पादनले हाम्रा ग्राहकको भुक्तानी गर्ने तरिका पूर्णरूपले परिवर्तन गर्नेछ, उनीहरूलाई अतुलनीय सुविधा र गति प्रदान गर्दै उच्चतम सुरक्षा सुनिश्चित गर्नेछ । हामी नेपालमा पहिलोपटक यो प्रविधि प्रस्तुत गर्न पाउँदा उत्साहित छौँ, जसले फेरि एकपटक नेपाल इन्भेष्टमेन्ट मेगा बैंकलाई डिजिटल नवप्रवर्तनमा अग्रणीका रूपमा स्थापित गर्नेछ ।’
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच