‘सक्षम’ मार्फत् आठ उत्कृष्ट महिला उद्यमी छनोट

हिमालय टाइम्स
Read Time = 3 mins

काडमाडौं । कोका-कोला नेपालले एटेलियर प्लेटफर्म प्रालिसँगको सहकार्यमा युवा महिला उद्यमी एक्सेलेरेटर र मेन्टरसिप कार्यक्रमको सफल कार्यान्वयन गरेको छ । कार्यक्रम कोका–कोला नेपालको महिला सशक्तीकरण कार्यक्रम ‘सक्षम’ को एक महत्वपूर्ण भाग हो । जसले नेपालमा महिलाहरूद्वारा सञ्चालित स्टार्टअप र सम्भावित स्टार्टअपलाई व्यापक सहयोग र मार्गदर्शन प्रदान गर्ने उद्देश्य लिएको छ ।

कम्पनीका अनुसार युवा महिला उद्यमी एक्सेलेटर र मेन्टरसिप कार्यक्रमले अप्रिल २०२३ मा आवेदन खोल्दा काठमाडौं, पोखरा र चितवनका उत्साहित महिला उद्यमीबाट अत्यधिक प्रतिक्रिया प्राप्त भएको थियो । आवेदकबाट आठ फाइनलिस्टको नवीनताको विचार र सफलताको सम्भावनाका आधारमा छनोट गरिएको थियो । फाइनलिस्टमा केही क्राफ्ट्सका वृन्दा दिवान, डुलुवा आउटडोर्सका मेनुका गुरुङ, साउथ एण्ड साउथ इस्ट प्रोजेक्टका प्रकृति बस्याल, लर्नर्स रुमस्ः ए पाथ टु विजडमकी राशि महर्जन, सच्र्डकी रोजिना बराल, बाया–इन्जाइम्सकी सरला महर्जन, ग्रिनस्पेस नेपालकी शान्ति राई र स्वच्छ महिनावारीकी यजु महर्जन रहेका छन् ।

फाइनलिस्टहरूले सम्मानित स्पिकर र सल्लाहकारको नेतृत्वमा सेसनमा भाग लिने अवसर पाएका छन्, जसमा लैंगिक र महिला अधिकार, नारीवाद र नेतृत्व, कानुनी प्रक्रिया, जलवायु परिवर्तन, मार्केटिङ रणनीति, वित्त र बैंकिङमा पहुँच, डिजिटल मार्केटिङ, लाभदायक प्रस्तुतीकरण जस्ता आवश्यक विषय समेटिएको छ ।

कम्पनीका नेपाल कन्ट्री डाइरेक्टर आदर्श अवस्थी भन्नुहुन्छ, ‘यस कार्यक्रमले नेपालको गतिशील उद्यमशील परिदृश्यमा लैंगिक समानता र महिला सशक्तीकरणका लागि हाम्रो अटल समर्पणलाई जोड दिन्छ । यी महत्वाकांक्षी युवा महिला उद्यमीलाई व्यापक सहयोग र मार्गदर्शन प्रदान गरेर हामीले दिगो इकोसिस्टम सिर्जना गर्ने लक्ष्य राखेका छौँ ।’ अगस्टमा उनीहरूका नवीन विचार र व्यापारिक योजना तीन एक्स्पर्ट सम्मिलित एक प्रतिष्ठित जुरीसमक्ष प्रस्तुत गरिनेछ र टप थ्री प्रत्येकलाई एक लाख नगद पुरस्कार प्रदान गरिने कम्पनीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?