इलामको उच्च पहाडका विद्यालय बन्द

प्रकाश नेपाल इलाम, संवाददाता
Read Time = 3 mins

इलाम । विद्यार्थी अभावमा सामुदायिक विद्यालयहरू बन्द भएपछि इलामका भारतीय सीमावर्ती गाउँका बालबालिका भारतीय विद्यालयमा पढ्न जाने गरेका छन् । भारतसँग सीमा जोडिएको उत्तरी इलामका लेकाली गाउँमा विद्यालय नभएका कारण त्यहाँका बालबालिका भारतीय विद्यालयमा पढ्न जानुपर्ने बाध्यता छ ।

पातलो बस्ती र जनघनत्व पनि कम भएको लेकाली क्षेत्र जौबारी, मेघमा, कालपोखरी क्षेत्रका विद्यालय बन्द भएका छन् । एक दशक यता विद्यालय बन्द भएपछि बालबालिकालाई पढाउन प्राथमिक तहबाट नै भारतीय सहर पठाउनुपर्ने बाध्यता रहेको छ । भारतीय सहरमा छोराछोरीसँगै अभिभावक पनि बस्नुपर्ने बाध्यता रहेको हो ।

जौबारीको राष्ट्रिय प्राथमिक विद्यालय बन्द भएको ९ वर्ष भयो । कक्षा १ देखि ५ सम्म पढाइ हुँदै आएको उक्त विद्यालय विद्यार्थी अभावका नाममा ०७२ सालमा बन्द भएको थियो । ८० जनासम्म बालबालिका अध्ययन गर्न आउने विद्यालयमा विद्यार्थीको अभाव भएको हो । विद्यार्थी कम भएर विद्यालय बन्द भएपछि अहिले जौबारीबाट १५ जना बालबालिका भारतको मानेभञ्ज्याङको रिब्स विद्यालयमा पढ्छन् । जौबारीको मात्रै होइन, माइजोगमाई-२ को मेग्मामा रहेको सरस्वती प्राथमिक विद्यालय, सन्दकपुर-५, कालपोखरीमा रहेको प्राथमिक विद्यालय, सन्दकपुर-५ को मजुवामा रहेको अर्को विद्यालय बन्द भएको स्थानिय रमेश राईले बताउनुभयो ।

विद्यालय बन्द भएपछि लेकाली क्षेत्रका बालबालिकालाई अध्ययनका लागि नजिकैका भारतीय बजार लैजानुपरेको हो । लेकाली क्षेत्रमा विद्यालय चलाउने गरि विद्यार्थी अभाव भएपछि सीमा क्षेत्रका बालबालिका भारतीय विद्यालय अध्ययन गर्दै आएका हुन् ।

सीमा क्षेत्रका कतिपय बालबालिका घरबाटै धाएर विद्यालय जाने गरेका   छन् । कतिपयको भने पढ्नका लागि महँगो शुल्क र अभिभावकसहित भारतीय बजारमा बास बस्नु परेको हो । लेकाली क्षेत्र भएका कारण पातलो बस्ती र जनघनत्व पनि कम रहेको नेपाल पत्रमार महासंघ इलाम अध्यक्ष बिपल्व भट्टराईले बताउनुभयो ।

जनघनत्व कम भएको र भारतीय विद्यालयमा आफ्ना छोराछोरी भर्ना गरेपछि नेपालतर्फका विद्यालय विद्यार्थी अभावकै कारण बन्द भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?