काठमाडौं । गत असोजको अविरल वर्षाका कारण तामाकोशी नदीमा आएको बाढीले बगाएको खिम्ती-लामोसाँघु १३२ केभी प्रसारण लाइनको टावर आपत्कालीन पुनस्र्थापना प्रणाली(इआरएस) टावर प्रयोग गरी लाइन सञ्चालनमा ल्याइएको छ । नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता एवं भारप्रेषण केन्द्रका निर्देशक चन्दनकुमार घोषले शुक्रबार प्रसारण लाइन चार्ज गरी सञ्चालनमा ल्याइएको बताउनुभयो ।
तामाकोशीमा आएको बाढीले रामेछापको मन्थली नगरपालिका-१३ देवीटारस्थित खिम्ती-लामोसाँघु प्रसारण लाइनको ७ नम्बर टावर बगाएको थियो । टावर बगेपछि चारवटा टावरको तार(कन्डक्टर) मा पनि क्षति पुगेको थियो । टावर बगाएपछि उक्त लाइनबाट १३ असोजदेखि विद्युत् प्रवाह बन्द हुँदा खिम्तीबाट काठमाडौं उपत्यकाको प्रसारण लाइन लिंक टुटेको थियो । उक्त लाइनबाट करिब दुर्ई सय मेगावाट विद्युत् प्रवाह हुन सक्छ । खिम्ती-लामो साँघु प्रसारण लाइन काठमाडौं उपत्यकामा विद्युत् आपूर्तिका लागि महत्वपूर्ण प्रसारण लाइन हो । उक्त लाइनबाट आएको विद्युत् लामोसाँघु-भक्तपुर प्रसारण लाइन हुँदै काठमाडौं उपत्यकामा आपूर्ति गरिन्छ । त्यसैगरी सिन्धुपाल्चोकको भोटेकोशी नदी जलाधार क्षेत्रमा निर्माण भएको जलविद्युत् आयोजनाको विद्युत् लामोसाँघु-खिम्ती-ढल्केबर हुँदै भारततर्फ निर्यात हुँदै आएको छ ।
लाइनमा क्षति पुगेपछि भारततर्फको विद्युत् निर्यातसमेत प्रभावित भइरहेको थियो । हाल इआरएसमार्फत् लाइन चलाएर बाढीले बगाएको टावरको सट्टा अर्को स्थायी टावर निर्माणका लागि प्रक्रिया सुरु भइसकेको प्राधिकरणले जनाएको छ । प्राधिकरणले आफैंसँग रहेको इआरएस संरचना प्रयोग गरी खिम्ती-लामोसाँघु १३२ केभी प्रसारण लाइन सञ्चालनमा ल्याएको हो । इआरएस टावर राख्न लागेपछि स्थानीयले क्षतिपूर्तिको माग गर्दै काममा अवरोध गरेका थिए । स्थानीयसँग सहमति जुटाएर इआरएस टावर राखिएको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच