काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेपालले आज अमेरिकासँग खेल्दैछ ।
दुई देशबीचको खेल नेपाली समयअनुसार अहिले सबा नौ बजे सुरु हुनेछ ।
क्यानडामा भएको शृंखला सकेर नेपाल अमेरिका पुगेको हो । लिग-२ मा आठ खेलमा तीन अंकसहित नेपाल पुछारबाट दोस्रो स्थानमा छ ।
नेपालले दोस्रो खेल मङ्गलबार स्कटल्याण्डसँग खेल्नेछ ।
नेपाल क्रिकेट सङ्घ (क्यान)ले शनिबार रोहितकुमार पौडेलको कप्तानीमा १५ सदस्सीय टोलीको घोषणा गरेको छ । टोलीमा अनिल साह, कुशल भुर्तेल, आसिफ सेख, भीम सार्की, दीपेन्द्रसिंह ऐरी, अर्जुन साउद, आरिफ सेख, कुशल मल्ल, सोमपाल कामी, सन्दीप लामिछाने, करण केसी, ललितनारायण राजवंशी, गुल्सन झा र रिजन ढकाल छन् ।
अमेरिका दोस्रो र स्कटल्याण्ड चौथो स्थानमा छन् ।
१६ अंकसहित क्यानडा शीर्ष स्थानमा छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच