संयुक्त राष्ट्रसंघद्वारा विश्वव्यापी खाद्य संकटको चेतावनी

Read Time = 2 mins

न्यूयोर्क । संयुक्त राष्ट्रसंघले विश्वव्यापी खाद्य संकटको चेतावनी दिएको छ । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले आगामी महिनामा विश्वव्यापी खाद्यान्न अभाव हुने चेतावनी दिनुभएको हो ।

विश्वव्यापी खाद्य सुरक्षामा संयुक्त राष्ट्र संघको बैठकमा उहाँले रूस-युक्रेन युद्धका कारण खाद्य संकट निम्तिने दाबी गर्नुभयो । तर, रूसले बन्दरगाह खुला गरे खाद्य संकट टर्ने उहाँले बताउनुभयो । गुटेरेसले रूसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई युक्रेनसँगको बन्दरगाह खोल्न अपिल पनि गर्नुभयो ।

महासचिव गुटरेसले दिएको जानकारीअनुसार विश्वमा महामारी सुरु हुनुभन्दा अघि विश्वमा १३५ मिलियनमात्र मानिसमा खाद्य अभाव भएकामा अहिले त्यो संख्या दुई वर्षपछि बढेर कम्तीमा पनि दुई करोड ७६ लाख पुगेको छ ।

खाद्य असुरक्षाको अवस्था गएका केही वर्षमा निकै बढ्दै गएको पनि देखिएको छ । सन् २०१६ पछि विश्वमा कम्तीमा पनि ५ सय प्रतिशतले यो अवस्था बढेको पाइएको जनाइएको छ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?