काठमाडौं । झापाको बुद्धशान्ति गाउँपालिका वडा नम्बर २ का अध्यक्ष डिल्लीप्रसाद ओलीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आयोगका प्रवक्ता नरहरि घिमिरेले दिनुभएको जानकारी अनुसार घुस लिएको आरोपमा पक्राउ परेका ओलीविरुद्ध सोमबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको हो ।
उहाँका अनुसार ओलीले जग्गा पास तथा लेनदेन सिफारिससम्बन्धी कार्यका लागि सेवाग्राहीसँग घुस लिएका थिए ।
आयोगको इटहरी कार्यालयबाट खटिएको टोलीले उनलाई ८० हजार रुपैयाँ घुससहित नियन्त्रणमा लिइएको थियो।
वडाध्यक्ष ओलीलाई ८० हजार रुपैयाँ बिगो कायम गरी कैद र बिगो बमोजिम जरिवानाको मागदाबी गरेको अख्तियारले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच