२९ जना सहसचिवको सरुवा, काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृत अधिकारीको ठाउँमा परियार (सूचीसहित)

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । सरकारले एकै पटक २९ जना सहसचिवको सरुवा गरेको छ ।

विहीबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न निकायमा कार्यरत सहसचिवको सरुवा गरेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय स्रोतले जनाएको हो ।

यस्तै, काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतमा पनि परिवर्तन आएको छ । सहसचिव वसन्त अधिकारीलाई मधेशी आयोगको सचिवको जिम्मेवारी दिएर पठाइएको छ ।

राष्ट्रिय योजना आयोगका सहसचिव प्रदीप परियारलाई काठमाडौं महानगरपालिका पठाइएको छ । ३ दिनपछि सरुवाको सूची सार्वजनिक गरिएको हो ।

कर्मचारीकी छोरीलाई जागिर लगाउने उद्देश्यले नगर सभाको निर्णयमा गरिएको कीर्तेलाई प्रमाणीकरण गरेको भन्दै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीको कार्यकक्षमै ताला लगाएर अघोषित निलम्बन गरिएको थियो ।

अधिकारी ०७९ भदौदेखि काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा हुनुहुन्थ्याे । यसअघि उहाँ दुई वर्ष संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रवक्ता समेत रहनुभएको थियो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?