होटल स्क्वायरका प्रबन्ध निर्देशक पक्राउ

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । ललितपुरको होटल स्क्वायरका प्रबन्ध निर्देशक रोमी अर्याललाई प्रहरीले नियन्त्रणमा लिएको छ । सोमबार उनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएकाे छ । होटलका संचालहरु विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएको छ

ललितपुर महानगरपालिका वडा नम्बर–३ मा सञ्चालित होटल स्क्वायरको स्विमिङ पुलमा पौडी खेल्दा ललितपुरकाे मानभवनका ४१ वर्षीय सजिलमान शाक्य करेन्ट लागेर गम्भीर घाइते भएका थिए । गत भदौ १४ गते  पौडी खेल्दा करेन्ट लागेर घाइते भएका उनी अहिलेसम्म पनि अचेत अवस्थामा छन् ।

होटलकी अर्की सञ्चालिका ललिता भण्डारी देवकोटाले माघ ७ मा प्रहरीमा आत्मसमर्पण गरेकी थिइन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?