काठमाडौं । संघीय संसद सचिवालयले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले सम्बोधन गर्ने संसद बैठकको तयारी तिब्र पारेको छ ।
नेपाल भ्रमणमा रहनुभएका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले मंगलवार (भोलि) दिउँसो ४ बजे संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै हुनुहुन्छ । यसको निम्ति संघीय संसद सचिवालयले तयारी तिब्र पारेको हो ।
न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै सचिवालयका प्रवक्ता एकराम गिरीले तयारी अन्तिम चरणमा पुगेको बताउनुभएको छ । उहाँले मंगलवार बिहान १० बजेसम्ममा सम्पूर्ण व्यवस्थापकिय तयारी पूरा भइसक्ने जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो – ‘तयारीहरु अन्तिम चरणमा पुगिसकेको अवस्था छ । अधिवेशन चलिरहेको अवस्था भएकोले सबै सिस्टमहरु रि–चेक गर्ने काम भएको छ । अन्य व्यवस्थापनका कामहरु पनि आवश्यकता अनुसार भइ नै रहेका छन् । भोलि १० बजेसम्म सबै, जे–जे गर्नुपर्ने हो खासगरी साजसज्जा लगायतका सबै कुराहरु सक्किइसक्छ कामहरु ।’
उहाँले सभामुखको अध्यक्षतामा संयुक्त बैठक सञ्चालन हुने बताउनु भयो । बैठक प्रारम्भ भएसँगै संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसले सम्बोधन गर्ने कार्यसूचि रहेको उहाँले जानकारी दिनुभयो । गुटेरेसको सम्बोधन लगत्तै सोही बैठकले महासचिव गुटेरेसलाई धन्यवाद ज्ञापन प्रश्ताव पारित गर्ने उहाँले बताउनु भयो ।
उहाँले भन्नुभयो – ‘संसदको अभ्यासअनुसार बैठक प्रारम्भ हुन्छ । दुवै सभाको संयुक्त बैठक सञ्चालन नियमावलीले तोके बमोजिम बैठक सञ्चालन हुन्छ । सभामुखले अध्यक्षता गर्दै बैठक सञ्चालन गर्नुहुन्छ । राष्ट्रिय सभा अध्यक्ष पनि त्यहीँ नै हुनुहुन्छ । बैठक प्रारम्भ भएसँगै संयुक्त राष्ट्रसंघका महासचिवले आफ्नो सम्बोधन राख्नुहुन्छ । सम्बोधन राखिसकेपछि भोलि बस्ने सोही बैठकले नै धन्यवाद ज्ञापन प्रश्ताव समेत पारित गरेर बैठक अन्त्य हुन्छ ।’
प्रवक्ता गिरीले महासचिव गुटेरेसको सम्बोधनलाई संसद बैठकमै तत्कालै अनुवाद गर्नसक्ने अवस्था नरहेको भन्दै वैकल्पिक व्यवस्था के गर्न सकिन्छ भन्ने सम्बन्धमा छलफल भइरहेको पनि जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो – ‘संसदमा रोष्टमबाट बोलेको कुरो संसदमा त्यहीँ अगाडी नै रोष्टममा बसेर अनुवाद गरेर अगाडी जान सक्ने अवस्था देखिन्न । अन्य वैकल्पिक के गर्न सकिन्छ भनेर प्रयास गरिराखिएको छ । उत्तम विकल्प के हुनसक्छ भनेर छलफल भइरहेको छ । निष्कर्षमा पुगिसकिएको छैन ।’
उहाँले महासचिव गुटेरेसको सम्बोधनको संघीय संसद सचिवालयले नियमित बैठकहरुको जस्तै अभिलेख राख्ने स्पष्ट पार्नुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच