काठमाडौं । शेर्पा एडभेञ्चर गियर नेपालका टासी दोङ र दोर्जे होजाङसाङले गोकर्ण गल्फ क्लबमा आयोजित एनसेल कर्पोरेट गल्फ प्रतियोगिताको उपाधि जित्न सफल हुनुभएको छ । यो जोडीले १० स्ट्रोक अन्डर पार ६२ को उल्लेखनीय स्कोरसहित उपाधि हात पारेको हो । विजेताले दुबईको चारवटा राउन्ड टिकट, कलअवेको आइरन सेट तथा हृयाम्पर्स प्राप्त गरेका छन् । यस्तै मुस्ताङ गल्फ क्लबबाट इन्द्रधरा विष्ट र माधव सिम्खडाले नौ होलमा सिक्स अन्डर पार ३० को स्कोरसहित दोस्रो स्थान बनाउनुभयो ।
उपविजेताले कलअवे एआई स्मोक ड्राइभर्स, आइप्याड र गिफ्ट हृयाम्पर पाएका छन् । लिओन मोटर्सका विजय श्रेष्ठ आइनहाउस र फुरसाङले तेस्रो स्थान बनाउनुभयो भने उहाँहरूले कलअवेको गल्फ ब्याग र हृयाम्पर्स प्राप्त गर्नुभयो ।
व्यक्तिगततर्फ विजय श्रेष्ठ आइनहाउसले लंगेस्ट ड्राइभतर्फ रेन्जफाइन्डर र गिफ्ट हृयाम्पर प्राप्त गर्नुभयो । यस्तै, प्रवीण शाही ठकुरीले क्लोजेस्ट टु दि पिन अवार्डसँगै रेन्जफाइन्डर र हृयाम्पर्स प्राप्त गर्नुभयो ।
विजेतालाई एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभ तथा गोकर्ण गल्फ कोर्सका अध्यक्ष सुहृद घिमिरे र क्याप्टेन जोसेफ नाथनले पुरस्कार हस्तान्तरण गर्नुभएको थियो ।
एनसेलले प्रतियोगिताका लागि संकलन गरेको प्रवेश शुल्कको रकमलाई म्याच गरेर दोब्बर बनाउने प्रतिबद्धता जनाएको छ । यो रकम एनसेल फाउण्डेसनमार्फत् देशभरका विद्यार्थीहरूलाई एजुकेसनल किट उपलब्ध गराउन प्रयोग गरिनेछ । प्रतियोगितामा कुल ५५ टिमको सहभागिता थियो जसमा स्ट्रोक प्ले, फोरबल बेटर बल फर्मेट थियो ।
एनसेलले यो प्रतियोगिताबाट संकलन गरेको प्रवेश शुल्क एनसेल फाउण्डेसनमार्फत् सामाजिक तथा परोपकारी कार्यमा योगदान गर्नेछ । यसका लागि एनसेलले हरेक टिमबाट संकलन गरेको प्रवेश शुल्कको कुल संकलित रकममा थपेर ३० लाख रुपैयाँ बनाएर सामाजिक कार्यमा खर्च गर्नेछ ।
यस प्रतियोगितामा महिन्द्रा, अग्नि ग्रुप, मेरियट काठमाडौं, फेयरफिल्ड मेरियट काठमाडौं, फ्लाई दुवई, होलिडेज बाई फ्लाई दुवई, हृवावे परनोड रिकार्ड (सिवास रिगल), क्लब हिमालय, रियल फ्रुट जुस, शिखर इन्स्योरेन्स, जेन नेक्स्ट र पेप्सी प्रायोजकका रूपमा रहेका थिए ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच