काठमाडौं । नेपालका कमल मगरले अन्तर्राष्ट्रिय ब्याटल अफ डेटोनामा दुई स्वर्णसहित एक रजत पदक जित्नुभएको छ । अमेरिकाको फ्लोरिडामा नोभेम्बर २६ देखि २७ तारिखसम्म भएको मिक्स मार्सल आर्ट्सको प्रतियोगितामा कमलले पुरुष ब्ल्याक बेल्टको सफ्ट स्टायल र ट्रेडिसनल चाइनिज वेपन्समा स्वर्ण तथा ग्राण्ड च्याम्पियन खुलाको फम्समा रजत जितेको नेपाल उमा कुङफु संघले जनाएको छ ।
यसअघि कमलले आफ्नो खेल करियरमा विभिन्न राष्ट्रमा भएको प्रतियोगितामा ६ स्वर्ण, तीन रजत र चार कांस्य जित्नुभएको छ । कमलले थाइल्याण्डमा सन् २०१८ मा भएको विश्व च्याम्पियनसिपमा एक स्वर्ण र एक रजत, सन् २०१८ मा इंग्ल्याण्डमा भएको उमा विश्व च्याम्पियनसिपमा एक स्वर्ण र एक कांस्य तथा क्रोएसियामा सन् २०१९ मा भएको वल्र्ड मार्सल आर्ट्स गेम्समा दुई स्वर्ण जित्नुभएको थियो ।
त्यस्तै अस्ट्रियामा सन् २०१९ मा भएको विश्व कपमा दुई रजत र एक कांस्य तथा इंग्ल्याण्डमा सन् २०२३ मा भएको युरोपियन च्याम्पियनसिपमा एक स्वर्ण र एक कांस्य जित्नुभएको थियो । उहाँले सन् २०२० मा भएको भर्चुअल इन्टरनेसनल पेन्डामिक मार्सल आर्ट्स च्याम्पियनसिपमा पनि एक स्वर्ण र एक कांस्य हात पार्नुभएको थियो । कमलले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा निर्णायकको भूमिका पनि निर्वाह गर्नुभएको छ ।
अनुपले पुरुष ७० केजीमुनि ओरिएन्टल बक्सिङ लाइट वेटमा स्वर्ण, लाइट कन्ट्याक्ट र एमएमए लाइट, ओपन क्लासमा रजत तथा किक लाइटमा कांस्य जित्नुभयो । यसअघि अनुपले जापानको टोकियोमा भएको विभिन्न संस्करणको सुक वाङकिन्थोङ मुवाँथाईमा चार स्वर्णलगायतका पदक हात पार्नुभएको थियो ।
सोही प्रतियोगितामा नेपाल उमा कुङफु संघका अध्यक्ष एवं अन्तर्राष्ट्रिय निर्णायक सिद्धार्थ लामा तामाङले निर्णायकको भूमिका निर्वाह गर्नुभएको थियो । सिद्धार्थ र अनुप अमेरिकाको न्युयोर्कबाटै प्रतियोगितामा सहभागी हुनुभएको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच