म्याग्दीमा कृषि ग्रामीण विकास परियोजना सुरु

ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
Read Time = 4 mins

म्याग्दी । म्याग्दीमा पहिलो पटक कृषि ग्रामणि विकास परियोजना सुरु भएको छ । उत्पादित फलफूल र तरकारीमा पोषक तत्वलाई खेरजान नदिन र बचाइराख्नको लागि विभिन्न कार्यक्रमहरु गर्ने गरी बेनी नगरपालिका, मंगला र मालिका गाउँपालिकामा कृषि सम्बन्धी ग्रामीण विकास परियोजना सञ्चालन गरिएको हो ।

इन्टरनेशलन डेभलपमेन्ट इन्टरप्राइसेस (आइडीई) नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा मिलन म्याग्दीमार्फत परियोजना सञ्चालनमा आएको छ । गएको अगस्ट महिनादेखि जिल्लामा सुरु भएको ग्रामीण विकास परियोजनाको मंगलबार बेनीमा सरोकारवालाहरुको उपस्थितिमा परियोजना शुभारम्भ तथा अभिमुखीकरण र द्रुत बजार विश्लेषण(आरएमए) को नतिजा प्रस्तुतीकरण कार्यक्रम सम्पन्न भएको हो ।

परियोजना शुभारम्भ तथा अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापाले फलफूल र तरकारीलक्षित ग्रामीण विकास परियोजना प्रभावकारीमा रुपमा सञ्चालन गर्नुपर्ने बताउनुभयो । उहाँले कार्यक्रम लागू भएको १७ महिनापछि समीक्षा गर्ने क्रममा उपलब्धिमूलक परिणाम देखिनुपर्नेमा जोड दिनुभयो ।

अहिले गण्डकी प्रदेशमा म्याग्दी, कास्की र स्याङ्जाका नौ सयजना किसानहरुसमक्ष पुगेर (आइडीई) नेपालले काम गर्ने भएकाले यसमा युवा र महिलाहरु ६० प्रतिशत हुनुपर्ने परियोजनाले जनाएको छ ।

सोही कार्यक्रममा सहयात्री कन्सल्टेन्सीका कन्सल्टेन्ट सुरज आचार्यले कार्यक्रम लागू भएको म्याग्दी जिल्लाको बेनी नगरपालिका, मंगला र मालिका गाउँपालिकाको विभिन्न वडामा पुगेर उत्पादित फलफूल र तरकारीको विश्लेषण गरिएको बताउनुभयो । उहाँले बेनीमा सुन्तला, केरा, किबी र आलु खेती तथा मंगला र मालिकामा पनि सुन्तला, केरा, किबी तथा तरकारीको उत्पादन, बजारको अवस्था र मूल्य निर्धारणलगायत बारेमा गरिएको अध्ययनबारे जानकारी दिनुभयो ।

(आइडीई) नेपालका प्रदेश संयोजक सुमन श्रेष्ठले कार्यक्रम लागू भएको पालिकामा सम्बन्धित किसानहरु, सरोकारवाला निकायसँगको समन्वय र सहकार्यमा कार्यक्रमलाई आगामी दिनमा अगाडि बढाइने बताउनुभयो ।

कार्यक्रममा सहभागी जिल्लाका किसानहरुले गहिराइमा पुगेर अध्ययन तथा अनुसन्धान गर्नुपर्ने, जिल्लाभन्दा बाहिरबाट भित्रिने तरकारी र फलफूललाई विस्थापित गर्ने योजना ल्याउनुपर्ने, कोल्डस्टोर सञ्चालनलाई व्यवस्थित बनाउनुपर्नेलगायत सल्लाह तथा सुझावहरु दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?