काठमाडाैं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले एकताको कुरा गरेर मात्रै नहुने बताउनुभएको छ ।
बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले विगतमा एकताको कुरा गर्दा मदन भण्डारी र माओवादी जनयुद्ध र अरु जनआन्दोलनका कुराहरुको पनि धेरै चर्चा गरेको भएपनि पर्याप्त नभएको बताउनु भयो । उहाँले अब आफैँ बदलिने र कम्युनिष्ट विचारधारमा हिँड्ने संकल्प गर्न आवश्यक रहेको बताउनु भयो ।
उहाँले एकताको कुरा गरेर पनि धेरै हुने जस्तो आफूलाई नलागेको बताउनु भयो । उहाँले मिल्न मन हुनेजति मिल्न सकिने र नमिल्नेहरुले पनि कार्यगत एकता र विशेष विशेष मुद्दाहरुमा एकतावद्ध हुनुपर्ने बताउनु भयो । उहाँले सही विचारको आधारमा समाजवादी क्रान्तीतिर पार्टीलाई लैजाने भन्ने संकल्प गर्नुपर्ने आजको आवश्यकता भएको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘हामीले हिजो एकताको कुरा गर्दैगर्दा कमरेड मदन भण्डारीका कयौँ कुराहरु र माओवादी जनयुद्ध र अरु जनआन्दोलनका कुराहरुको पनि चर्चा हामीले नगरेको होइन । तर त्यो पर्याप्त भएन । आज हामीले संकल्प गर्नुपर्ने कुरा के हो भने हामी आफैँ आफैँले शुरु गराैं । अब यो एकताको कुरा भनेर पनि धेरै हुने मैले चाहीँ देख्या छैन । यहाँ अरु कमरेडले पनि भन्नुभयो, मिल्ने जति मिलौँ ठिकै छ, नमिल्नेहरु कति मिल्न सकिने हो ? त्यतिमा मोर्चा बनाएर मिलौँ । त्यो पनि सकिँदैन । खासखास इस्युहरुमा कार्यगत एकता गरौँ । तर मिल्नुपर्ने सबैभन्दा ठूलो कुरा आफ्नै पार्टी कसरी सही विचारको आधारमा एकतावद्ध गर्ने ? र सही विचारको आधारमा समाजवादी क्रान्तीतिर पार्टीलाई लैजाने भन्ने संकल्प गर्यो भने त्यहीँबाट अरुलाई पनि एकतावद्ध गर्ने प्रक्रियाको शुरुवात हुनसक्छ । इतिहास र घटनाक्रमले तपाईं हामीलाई यही सिकायो ।’
अध्यक्ष दाहालले आफ्ना विगतका कमी कमजोरीलाई सच्याएर अघि बढ्न आग्रह गर्नुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच