कपिलवस्तु । कपिलवस्तुको महाराजगन्ज नगरपालिकाको उपमेयर पदका उम्मेदवार शुभावती कुर्मीको निधन भएको छ ।
नगरपालिकाका निवर्तमान उपमेयरसमेत रहेकी कुर्मी नेपाली कांग्रेसबाट पुनः उम्मेदवार हुनुभएको थियो । सोमबार राति श्वास प्रश्वासमा असहज भए पछि उपचारको लागि उहाँलाई कपिलवस्तु अस्पताल तौलिहवा लगिएको थियो ।
उपचारको क्रममा राति १ बजे निधन भएको स्थानीय व्रिजेश यादवले बताउनुभयो । उहाँको हृदयघातको कारण मृत्यु भएको बताइएको छ । मृतक कुर्मीको शवको आजै दाह संस्कार गरिने तयारी गरिएको छ ।
स्वास्थमैत्री जीवनशैली प्रबद्र्धनमा प्राकृतिक चिकित्साको
वीर अस्पतालको इमर्जेन्सीमा-सेवा कि यातना
कविता : निमन्त्रणा छ बालेन
गठबन्धनको भविष्य र असन्तुष्टहरूको गन्तव्य
प्राकृतिक चिकित्सामा-माटो चिकित्सा पद्धति
हाम्रो मौलिकता हाम्रो गीतसंगीतको मूल