सर्लाही । सर्लाहीको धनकौलमा दीपावलीका लागि विद्युतीय बत्ती जडान गर्नेक्रममा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ ।
धनकौल गाउँपालिका-२, का ३५ वर्षीय जितेन्द्र सिंहको करेन्ट लागेर मृत्यु भएको हो । हिजो घरको छतमा तार जोड्नेक्रममा करेन्ट लागेर गम्भीर घाइते भएका जितेन्द्रलाई प्रादेशिक अस्पताल मलङ्गवामा प्राथमिक उपचारपछि थप उपचारका लागि जनकपुर पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
सर्लाही प्रहरीका प्रमुख (एसपी) रविन्द्रबहादुर सिंहले धनकौलको यो घटनाबाहेक जिल्लाभर लक्ष्मीपूजा अर्थात् दीपावलीमा कुनै प्रकारका अप्रिय घटना नभएका बताएका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच