काठमाडौं । सेयर बजार बुधबार सामान्य अंकले घटेको छ । नेप्से १.८८ अंकले घटेर २६७५.५१ अंकमा झरेको हो । यस दिन कुल पाँच अर्ब २२ करोड २४ लाख रुपैयाँको कारोबार भएको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)का अनुसार एक सय २१ कम्पनीको सेयर मूल्य बढेको छ भने एक सय १७ कम्पनीको सेयर मूल्य घटेको छ । छ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
बजार घट्दा पनि नारायणी डेभलपमेन्ट बैंक र बलेफी हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । नाराणयणीको सेयर मूल्य १० र बलेफीको सेयर मूल्य ९.९८ प्रतिशतले बढेको हो । कुथेली बुथेली स्मल हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक ९.५५ प्रतिशतले घटेको छ भने नेपाल फाइनान्सको सेयर सर्वाधिक ३५ करोड ३८ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
पिपुल्स हाइड्रोपावरको सेयर २३ करोड ९४ लाख रुपैयाँको कारोबार भएको छ । तिहार बिदापछि खुलेको पहिलो दिन मंगलबार सेयर बजारमा चार अर्ब बढीको कारोबार भएको थियो । सो दिन तीन सय दुई कम्पनीका ९७ लाख १३ हजार सात सय ३० कित्ता सेयर ४७ हजार पाँच सय १५ पटक खरिदबिक्री हुँदा चार अर्ब २० करोड ५५ लाख पाँच हजार रुपैयाँ बराबरको कारोबार भएको हो । सो दिन सुपर माई हाइड्रोपावर कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको थियो भने मिड सोलु हाइड्रोपावरको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको थियो ।
मंगलबार नेपाल फाइनान्सको सेयर सर्वाधिक २९ करोड ९० लाख रुपैयाँ बराबरको कारोबार भएको थियो भने सानिमा जिआइसी इन्स्योरेन्स १६ करोड ११ लाख, एनएलजी इन्स्योरेन्स १५ करोड ८४ लाख, आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स ११ करोड ६१ लाख र समृद्धि फाइनान्सको ११ करोड ६० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।
फाइनान्स समूह ०.२०, होटल तथा पर्यटन समूह ०.८२, जलविद्युत् समूह ०.७७, जीवन बिमा समूह ०.३९, म्युचुअल फण्ड समूह ०.०३, निर्जीवन बिमा समूह १.०६ र अन्य समूह ०.२४ प्रतिशत बढेका थिए भने बैंकिङ समूह ०.८१, विकास बैंक समूह ०.४८, लगानी समूह ०.०४, उत्पादन तथा प्रशोधन समूह ०.२९, लघुवित्त समूह ०.०७ र व्यापार समूह ०.७४ प्रतिशत घटेका थिए ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच