सिकार खेल्न गएका पुरुषको मृत्यु

चिसाङ शेर्पा खोटाङ, संवाददाता
Read Time = 1 min

खोटाङ । खोटाङमा सिकार खेल्न गएका केपिलासगढी गाउँपालिका-१ फेदीपिपिङका ५८ वर्षीय जगत प्रसाद राईको मृत्यु भएको छ ।

कार्तिक २१ गते साँझ७ बजे फेदीको हात्तीढुंगे जंगलमासिकार खेल्न गएका राईको मृत्यु भएको हो ।

भरुवा बन्दुक पड्केको आवाज उनका आफन्तहरुले सुनेपछि जंगलमा गई हेर्दा जगत प्रसाद घट्नास्थलमै उतानो परेको र छातिबाट रगतबगी मृत अवस्थामा फेला परेका थियो ।

प्रहरी चौकी खार्ताम्छा बाट खटेको प्रहरी टोलीले घट्नास्थल सुरक्षित राखेको छ । घट्नाको थप अनुसन्धान तथा कानूनी प्रक्रियाका लागि बिहीबार (आज) बिहान जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक सञ्जु कार्कीको कमाण्डमा प्रहरी टोली घट्नास्थलतर्फ खटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?