काठमाडौं । आइसिसी क्रिकेट विश्वकप लिग टुअन्तर्गत क्यानडा र अमेरिकामा सिरिज खेलेको नेपाली राष्ट्रिय क्रिकेट टोली बिहीबार स्वदेश फर्किएको छ । टोलीलाई नेपाल क्रिकेट संघ (क्यान) का पदाधिकारीहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।
करिब दुई महिनाको क्यानडा र अमेरिका भ्रमणपछि टोली स्वदेश फर्किएको हो । अमेरिका र क्यानडामा रहँदा नेपालले दुईवटा त्रिकोणात्मक ओडिआई सिरिज, एक त्रिकोणात्मक टी-२० सिरिज तथा अमेरिकासँग तीन टी-२० आई सिरिज खेलेको थियो । भदौ २५ गते क्यानडा गएको नेपालले त्यहाँ ओमान र घरेलु टोलीसँग लिग टुअन्तर्गतको ओडिआई सिरिज खेलेको थियो । ओडिआई सिरिजका तीन खेलमा पराजित नेपालको एक खेल भने रद्द भएको थियो ।
नेपाल त्यसपछि भएको त्रिकोणात्मक टी-२० सिरिजमा दोस्रो भएको थियो । क्यानडा भ्रमण सकेर नेपाल अमेरिका गएको थियो । त्यहाँ नेपालले अमेरिकासँगका तीनवटा टी-२० आई सिरिज क्लिन स्विप गरेको थियो । त्यसपछि घरेलु टोली र स्कटल्याण्डसँग भएको त्रिकोणात्मक ओडिआई सिरिजमा दुईमा पराजित नेपाल एक जित र एक खेल रद्द हुँदा तीन अंक पाउन सफल भएको थियो ।
लामो फरम्याटमा अझ धेरै खेल खेल्नुपर्ने देखियो : कप्तान रोहित
नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले ५० ओभरका खेलमा नेपाली ब्याटरले राम्रोसँग जम्न नसकेको उल्लेख गर्दै यस फरम्याटमा अभैm धेरै खेल खेल्नुपर्ने बताउनुभएको छ । बिहीवार त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँगको कुराकानीमा कप्तान रोहितले एकदिवसीयमा क्रिकेटमा नेपाली ब्याटर राम्रोसँग समालिन नसकेको उल्लेख गर्दै एकदिवसीय र दुई दिवसीय क्रिकेट खेलेमा सुधार हुने बताउनु भयो । यी फरम्याटमा क्रिकेट खेल्दा ब्याट्सम्यान परिपक्व हुने कप्तान रोहितले विश्वास व्यक्त गर्नुभयो । उहाँले हारका बाबजुद टिमलाई सकारात्मक रूपमा अगाडि बढाउन टोलीका सबै सदस्यले सुधारका लागि राम्रो गरिरहेको उल्लेख गर्नुभयो । आशा गरेजस्तो राम्रो नतिजा नआए पनि टोलीमा राम्रो बन्डिङ रहेको उहाँको भनाइ छ । उहाँले लिग–२ को तीन वटा श्रृंखलामा राम्रो नतिजा नआउँदा आगामी खेलमा चुनौती हुने बताउनु भयो । कप्तान रोहितले टी-२० फरम्याट धेरै खेलेको उल्लेख गर्दै एउटा ब्याट्सम्यान भएपछि ५० ओभरमा पनि राम्रो गर्नुपर्ने धारणा राख्नुभयो । अहिले टोलीले राम्रो गर्न नसके पनि आगामी खेलमा ध्यान दिने उहाँले बताउनु भयो । रोहितले क्यानडा र अमेरिकामा लक्ष्यअनुसार प्रदर्शन गर्न नसकेको पनि स्वीकार गनुृभयो । उहाँ क्यानडामा खेल्न केही असहज भएको बताउनु हुन्छ । तर, अमेरिकामा टोली राम्रो आकारमा देखिए पनि ब्याटिङमा राम्रो गर्न चुकेको उहाँले उल्लेख गर्नुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच