काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारी मेक्सिको प्रस्थान गर्नुभएको छ । मकै र गहुँबाली प्रवद्र्धनसम्बन्धी अन्तर्राष्ट्रिय संस्था(सिमिट)ले आयोजना गरेको विभिन्न कार्यक्रममा मन्त्री अधिकारी सहभागी हुनुहुनेछ । मन्त्री अधिकारीे मकै र गहुँबाली प्रवद्र्धनसम्वन्धी दुईपक्षीय र बहुपक्षीय बैठकमा सहभागी हुने कार्यक्रम रहेको छ ।
छलफलबाट नेपाल सरकार र उक्त संस्थाबीच भएको १० वर्षीय सम्झौताअनुरूपका अनुसन्धान तथा विकासका क्रियाकलाप र संयुक्त कार्यक्रम विकासकोे योजना तयार गरिनेछ । मन्त्री अधिकारीले मेक्सिकोका कृषिसम्बन्धी अधिकारी र आयोजक संस्थाका प्रमुखसँग पनि भेटवार्ता गर्नुहुने कार्यक्रम रहेको कृषिमन्त्रीको सचिवालयले जनाएको छ ।
मन्त्री अधिकारीको भ्रमणले नेपालको कृषि विकास रणनीति र नेपाल सरकारले घोषणा गरेको कृषिमा लगानी दशकअनुरूपका क्रियाकलापमा टेवा पुग्नेछ । मन्त्री अधिकारीका साथमा मन्त्रालयका सहसचिव रामकृष्ण श्रेष्ठ र हरिबहादुर केसी, मन्त्री अधिकारीका निजी सचिव रोशन अधिकारीलगायत हुनुहुन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच