काठमाडौं । कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ)का निवर्तमान अध्यक्ष नवराज कुँवर एसियन-ओसियनियन कम्प्युटिङ इण्डस्ट्री अर्गनाइजेसन (ओसोसियो) उपाध्यक्षमा पुनः निर्वाचित हुनुभएको छ । जापानमा हालै सम्पन्न ओसोसियोको वार्षिक साधारणसभा तथा अधिवेशनबाट कुँवर आगामी सन् २०२४-०२६ कार्यकालका लागि पदमा पुनः निर्वाचित हुनुभएको हो ।
उहाँले यसअघि पनि क्यान महासंघको प्रतिनिधित्व गर्दै ओसोसियोमा सन् २०२२ देखि उपाध्यक्षको भूमिका निभाउँदै आउनुभएको थियो भने २०२०–०२२ मा सह–उपाध्यक्षको जिम्मेवारी सम्हाल्नुभएको थियो । उपाध्यक्षमा पुनः निर्वाचितपछि कुँवरले नेपाललाई अन्तर्राष्ट्रिय मञ्चमा स्थापित गर्ने आफ्नो प्रयासलाई थप ऊर्जा मिलेको बताउनुभएको छ । उहाँले भन्नुभयो, ‘सूचना प्रविधि क्षेत्रमा नेपाललाई अन्तर्राष्ट्रिय मञ्चमा स्थापित गर्ने प्रयास गरिरहेको छु । ओसोसियोमार्फत् एसियाली देशहरूमा मजबुत प्रविधि प्रणाली बनाएर नेपाललाई विश्व आइसिटी क्षेत्रमा स्थान दिलाउन सकिन्छ, जसले नवप्रवर्तन, वृद्धि र अन्तर्राष्ट्रिय सहयोगका नयाँ अवसरहरू खोल्नेछ । यसले एसियाका विकासशील र अविकसित मुलुकहरूबीचको दूरी पनि घटाउन मद्दत गर्ने विश्वास लिएको छु ।’ क्यानका अनुसार नयाँ कार्यसमितिमा पिकोनको प्रतिनिधि गर्दै मलेसियाका अध्यक्ष स्टेन सिंहको नेतृत्वमा उपाध्यक्षहरूमा नेपाल, थाइल्याण्ड, कोरिया, हङकङ, म्यानमार र जापानका सूचना तथा सञ्चार प्रविधि क्षेत्रका संगठनका प्रतिनिधि निर्वाचित भएका छन् ।
क्यान महासंघका अध्यक्ष रणजितकुमार पोदारले कुँवरलाई पुनः उपाध्यक्षमा निर्वाचित भएकोमा बधाई दिँदै उहाँको सक्रियताले नेपालको डिजिटल अर्थतन्त्र प्रवद्र्धनमा महŒवपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभएको छ । त्यस्तै क्यान महासंघका महासचिव चिरञ्जीवी अधिकारीले कुुँवरको नेतृत्वमा नेपालले अन्तर्राष्ट्रियस्तरमा प्रविधि क्षेत्रमा पहिचान बनाएको भन्दै आगामी कार्यकालमा थप उपलब्धि हुने विश्वास व्यक्त गर्नुभयो । हालैमात्र क्यान अध्यक्ष पोदार ८४ देशका सूचना तथा सञ्चार प्रविधि क्षेत्रका संस्थाहरूको छाता संगठन वल्र्ड इन्फर्मेसन टेक्नोलोजी एण्ड सर्भिसेज एलायन्स (विट्सा)को कोषाध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच